लकडाउनका बेला मासु पसलको अलग्गै ठगी धन्दा | Khabarhub Khabarhub

लकडाउनका बेला मासु पसलको अलग्गै ठगी धन्दा


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कमलविनायक– भक्तपुर नगरपालिकाले दत्तात्रय, च्याम्हासिंह, कमलविनायक र लान्चाफल्चालगायतका क्षेत्रमा सञ्चालित राँगोको मासु पसलमा अनुगमन गरेको छ ।

नगरपालिकाको पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भएको अनुगमनमा अधिकांश मासु पसलले उपभोक्ता ठगी गरेको पाइएपछि तराजु जफत गरिएको छ ।

कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेको अवस्थामा मासु पसलेले मनपरी मूल्य लिई कालोबजारी गरी राँगोको मासु महँगोमा बिक्री वितरण गरेको, न्यूनतम मापदण्ड नपुगेको पाइएपछि अधिकांश पसलका तराजु जफत गरिएको संयोजक राजकृष्ण गोराले जानकारी दिए ।

अनुगमनमा सालागणेश मिट सप, बालकुमारी कोल्ड स्टोर, रत्न शाहीको राँगोको मासु पसल, महिमा मिट सप, सुमन मिट सप दर्ता नवीकरण नगरेको, ढक तराजु नापतौल विभागमा नवीकरण नगरेको, डिजिटल तराजु प्रयोग नगरेको, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग नगरेको, महँगोमा मासु बिक्री र मूल्यसूची नराखेको पाएपछि ती सबै पसलको एक एक थान तराजु जफत गरेको छ ।

अनुगमन गरिएका सबै पसललाई देखिने गरी मूल्यसूची राख्न, कालो बजारी नगर्न, कुखुरा र राँगोको मासु छुट्टै फ्रिजमा राख्न, मासु झिँगा नभन्किने गरी जालीले छोप्न, ढक तराजु नापतौल विभागमा नवीकरण गर्न, पसलमा मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग गर्न, सफाइमा ध्यान दिन निर्देशन दिएको अनुगमनका निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ४ : ०५ बजे

सिंहदरबारमा बोतल र जारको पानी बन्द गरिन्छ : मन्त्री यादव

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा

चरमपन्थीको बन्दुक खोसेर पर्यटकलाई बचाउन खोज्दा मारिए कश्मीरी युवक सैयद हुसैन

श्रीनगर- जम्मू-कश्मीरको पहलगाममा आतंकवादी हमलाका क्रममा एक जना कश्मीरी नागरिक

भारतीय ऊर्जामन्त्री खट्टरले भेटे उपप्रधानमन्त्री सिंहलाई

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र भारतीय विद्युत्,

गाउँपालिका अध्यक्षदेखि कर्मचारीसम्म भ्रष्टाचारका आरोपितः छानबिन समिति निकम्मा

धनगढी – बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा गठित १० सदस्यीय

कांग्रेसद्वारा कश्मीर आक्रमणप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसले भारतको जम्मु–कश्मीरस्थित पहलगाममा पर्यटकमाथि आतंककारीले गरेको आक्रमणप्रति