पर्यटन क्षेत्रलाई सक्रिय बनाउन कर्मचारीलाई एक महिना बिदा दिन पर्यटनमन्त्रीको प्रस्ताव « Khabarhub

पर्यटन क्षेत्रलाई सक्रिय बनाउन कर्मचारीलाई एक महिना बिदा दिन पर्यटनमन्त्रीको प्रस्ताव


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना भाइरस (कोभिड–१९) का कारण धरासायी अवस्थामा रहेको पर्यटन क्षेत्रलाई गति दिन मन्त्रालयले विभिन्न सम्भावनाको खोजी गरिरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको भिडियो कन्फ्रेन्समार्फतको अन्तर्क्रियामा मन्त्री भट्टराईले कोभिड–१९ बाट पर्यटन क्षेत्रमा परेको वास्तविक असरको पहिचान गरी यस क्षेत्रलाई माथि उकास्न नयाँ योजनाका साथ अघि बढ्ने बताए । उनले आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना बिदा दिने गरि योजना बनाइरहेको पनि बताए । कर्चारीहरुलाई १ महिना बिदा दिएर घुम्न लगाइ पर्यटन क्षेत्रको गतिविध बढाउने गरी तयारी भइरहेको मन्त्री भट्टराईको भनाइ छ ।

पर्यटन क्षेत्रको असरबारे अध्ययन गर्न पर्यटन मन्त्रालयका सहचिव घनश्याम उपाध्याय, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल रहेको समितिले वास्तविक विवरण सङ्कलन गरिरहेको छ ।

पर्यटनको यकीन विवरण आएपछि के कस्ता राहतका कार्यक्रम ल्याउने भन्ने टुङ्गोमा पुगिने पर्यटन मन्त्री भट्टराईको भनाइ छ । उनले भने, ‘यो कोभिड–१९ महामारी नियन्त्रणका बारेमा अहिले नै भन्न सकिने अवस्था छैन । सङ्क्रमण रोकिए पनि विदेशी पर्यटक आउने सम्भावना कम छ । त्यसैले नेपालको पर्यटन क्षेत्रलाई ‘भाइब्रेन्ट’ बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ ।’

मन्त्री भट्टराईले पर्यटन क्षेत्रको वित्तीय सङ्कट समाधानका लागि अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगसँग पनि छलफल भइरहेको बताउँदै आगामी बजेटका सन्दर्भमा अहिले उठेका विषयलाई सम्बोधन गर्न सकिने धारणा राखे । उनले पर्यटन क्षेत्रका श्रमिकलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको जानकारी पनि दिए ।

पर्यटन क्षेत्रका जनशक्तिलाई हिमाल सरसफाइ, पदमार्ग निर्माण, साइनेजिङ, फुट ट्रेल निर्माणलगायत काममा लगाउन सकिने उनको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आगामी तीन वर्षको गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘सरकारले सन् २०२० सम्मको गुरुयोजना बनाएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्नुपर्छ, सरकार र निजी क्षेत्रको सहकार्यमा सन् २०२० मा पर्यटन उद्योगलाई बचाउने, सन् २०२१ मा पुनरुत्थान गर्ने र सन् २०२२ मा पूर्णरुपमा पर्यटकीय गतिविधि विस्तार गर्ने रणनीति लिनुपर्छ ।’

होटल एशोसिएसन अफ नेपाल (हान) का द्वितीय उपाध्यक्ष प्रविण पाण्डेले पर्यटन उद्योग बचाउन निजी क्षेत्रले जम्मा गरेको सामाजिक सुरक्षा कोष प्रयोगमा ल्याउनुपर्ने बताए । उनले नेपालमा लकडाउन खुलेपछि पनि केही समय विदेशी पर्यटक आउने सम्भावना कम रहेको भन्दै आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिनुपर्ने खाँचो औँल्याए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ४ : ३३ बजे

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक