लकडाउनमा आफूलाई समीक्षा गर्ने मौका पाएको छु: दयाहाङ राई « Khabarhub

लकडाउनमा आफूलाई समीक्षा गर्ने मौका पाएको छु: दयाहाङ राई


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका नेपालमा गरिएको लकडाउनका कारण फिल्म उद्योग ठप्प छ । फिल्मका शूटिङ रोकिएका छन् भने हल पूरै बन्द छन् । कलाकारहरु कामविहीन भएका छन् ।

कतिले पुस्तक पढिरहेका छन् भने कति कलाकारले फिल्म हेरिरहेका छन् । कोही घरको काममा रमाइरहेका छन् ।

अभिनेता दयाहाङ राई पनि यतिबेला फुर्सदको समयमा घरमा समय दिइरहेका छन् । त्यसो त दयाहाङ साहित्यमा पनि उत्तिकै रुचि राख्छन् । उनी यो समयमा आफैले आफैलाई समीक्षा गरेको बताउँछन् ।

‘अरुबेला यसरी आफैलाई समीक्षा गर्ने फुर्सद हुँदनथ्यो, अहिले आफैले आफैलाई समीक्षा गर्न पाएको छु,’ दयाहाङ भन‍छन्, ‘भोलिको हाम्रो पुस्तालाई कोरोना महामारी कस्तो थियो भन्ने सुनाउने हामी पुस्ता त हो, एक हिसाबले यो अनुभव पनि हो ।’

उनले अहिलेसम्म गरेको काम र भोगेको समयको समीक्षा गरेको बताउँछन् । कोरोनाका बेला उनले एकअर्कालाई बुझ्नुपर्ने र कोरोनाबारे सचेत हुने तर डराउन नहुने उनको धारणा छ । ‘कोरोना महामारीलाई लिएर चिन्तित हुन आवश्यक छ तर त्रसित हुनु हुँदैन,’ उनी भन्छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ५ : ३३ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२