अभिषेकले नक्कली हीराको औंठी दिएर राखेका थिए ऐश्वर्यासँग बिहेको प्रस्ताव « Khabarhub

अभिषेकले नक्कली हीराको औंठी दिएर राखेका थिए ऐश्वर्यासँग बिहेको प्रस्ताव


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायको जोडी बलिउडको सुन्दर जोडीमध्ये एक हो । यी दुईले सन् २००७ मा बिहे गरेका थिए । आज यो जोडीको एनिभर्सरी पनि हो ।

अभिषेक र ऐश्वर्याबीच एक फिल्मको शूटिङका दौरान प्रेम बसेको थियो । अभिषेकले सेटमै ऐश्वर्यालाई प्रेमप्रस्ताव राखेका थिए ।

रमाइलो कुरा त के छ भने अभिषेकले नक्कली हीराका औंठी दिएर ऐश्वर्यासँग प्रेमप्रस्ताव राखेका थिए । अभिषेकले एक अन्तर्वार्तामा बताएका छन् कि, न्युयोर्कमा शूटिङ चलिरहेको थियो, त्यतिबेला अभिषेकले सोचेका थिए, बिहे गरेर दुवै एकसाथ भयो भने कति राम्रो हुन्थ्यो ।

‘त्यसको केही समयपछि हामी फिल्म गुरुको प्रिमियरका बेला एकसाथ भयौं, त्यतिबेला मैले ऐश्वर्यालाई बाल्कोनीमा लगें र सोधें, मसँग बिहे गर्छौ ?,’ अभिषेकले भनेका छन् ।

ऐश्वर्यालाई पनि अभिषेकको प्रेम सच्चा लाग्यो । त्यतिबेला त्यो सबै यति छिटो भयो कि, ऐश्वर्याले धेरै सोच्न पनि पाइनन् । त्यसपछि यी दुवैले बिहे गर्ने निर्णय गरे ।

पहिलोपटक ऐश्वर्या र अभिषेकको भेट सन् १९९७ मा प्रदर्शन भएको फिल्म ‘और प्यार हो गया’ का दौरान भएको थियो । फिल्ममा ऐश्वर्याले अभिषेकका मिल्ने साथी बबी देओलसँग काम गरेकी थिइन् ।

अभिषेक र ऐश्वर्याले पछि ‘ढाई अक्षर प्रेम के’ र ‘कुछ ना कहो’ मा काम गरे । तर, फिल्म ‘गुरु’ का बेला यी दुईको सम्बन्ध थप बलियो भयो ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : ०६ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक