इंग्लिस प्रिमियर लिगका खेलाडीसहित ६ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

इंग्लिस प्रिमियर लिगका खेलाडीसहित ६ जनामा कोरोना भाइरसको संक्रमण


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा आवद्ध क्लवका खेलाडी र पदाधकारीसहित ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रिमियर लिगका १९ क्लबका खेलाडी तथा पदाधिकारी गरी ७४८ जनाको परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको छ।

वाट्फोर्डका एक खेलाडी र दुई कर्मचारी तथा बर्नलीका सहायक प्रशिक्षक इयान वोएनमा संक्रमण पुष्टि भएको छ ।

विवरण नखुलाइएका अरु दुई जना संक्रमित अर्को क्लबका ‍हुन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएका खेलाडी तथा पदाधिकारीहरुलाई आइसोलेशनमा राखिएको छ ।

कोरोना भाइरसको महामारीका कारण रोकिएका लिगका खेलहरु सुरु गर्ने तयारी भइरहँदा खेलाडी र पदाधिकारीमा संक्रमण पुष्टि भएको हो ।

मंगलबारदेखि अधिकतम पाँच जनासम्मको समूहमा प्रशिक्षण सुरु भइरहँदा खेलाडीमा संक्रमण देखिएपछि प्रतियोगिता अन्योलमा पर्ने आशंका हुन थालेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ६ : ३४ बजे

विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत