कोरोना भाइरस : विश्वभर ४९ लाख ८२ हजार संक्रमित, ३ लाख २४ हजारको मृत्यु « Khabarhub

कोरोना भाइरस : विश्वभर ४९ लाख ८२ हजार संक्रमित, ३ लाख २४ हजारको मृत्यु


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २४ हजार ५३५ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४९ लाख ८२ हजार ८७५ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १९ लाख ५६ हजार ३६१ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ५७० जनाले ज्यान गुमाएका छन् भने ९४ हजार ७५१ जनामा संक्रमण पुष्टि भएको छ ।

२७ लाख १ हजार ९७९ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ४४३ जनाको अवस्था गम्भीर छ ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६४ हजार ५७४ जनाको मृत्यु भएको छ ।

१८ लाख १५ हजार ४३८ जना संक्रमित भएकोमा ७ लाख ९३ हजार ७६४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५ हजार ९४२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख ३६ हजार ९६ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २५ हजार ४८१ जनाको मृत्यु भएको छ । ८ लाख ४१ हजार ६० जना संक्रमित भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २४ हजार ४७८ जनाको मृत्यु भएको छ । ४ लाख ८७ हजार ६५७ जना संक्रमित भएका छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ९२४ जनाको ज्यान गएको छ भने ९३ हजार २२८ जना संक्रमित छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२१ जनाको मृत्यु भएको छ । ८ हजार ६७५ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९३ हजार ५३३ जनाको मृत्यु भएको छ । १५ लाख ७० हजार ५८३ जना संक्रमित भएका छन् ।

यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ २ लाख ९९ हजार ९४१ जना संक्रमित भएका छन् भने २ हजार ८३७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ६ : ४३ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक