अमेरिकामा कोरोनाको परीक्षण राम्रो भएकाले संक्रमित धेरै देखिएको ट्रम्पको दावी « Khabarhub

अमेरिकामा कोरोनाको परीक्षण राम्रो भएकाले संक्रमित धेरै देखिएको ट्रम्पको दावी


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको परीक्षण अन्यत्र भन्दा अमेरिकामा राम्रो भएको दावी गरेका छन् ।

ह्वाइट हाउसमा कुरा गर्दै राष्ट्रपति ट्रम्पले भनेका छन् ‘अमेरिकामा संक्रमित सबैभन्दा धेरै देखिनु अन्यत्रको भन्दा यहाँको परीक्षण राम्रो भएर पनि हो मैले यसलाई ‘सम्मान’ का रुपमा लिन्छु ।’

अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएयता सोमबार पहिलोपटक मन्त्रीपरिषद बैठक राखेका ट्रम्पले आफूहरुको परीक्षण धेरै रहेको बताएका हुन् ।

अमेरिकामा धेरै संक्रमित हुनुको अर्थ परीक्षण पनि धेरै भएको उनको दावी छ । अमेरिकामा मंगलबारसम्म एक करोड २६ लाख मानिसमा कोरोना भाइरसको परीक्षण भएको बीबीसीले जनाएको छ ।

अमेरिकामा अहिलेसम्म ९३ हजारभन्दा बढीको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु भएको छ भने १५ लाख ७० हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ७ : ०२ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६