नेपालमा अंपुन चक्रवातको प्रभाव, मुलुकका बिभिन्न स्थानमा वर्षा « Khabarhub

नेपालमा अंपुन चक्रवातको प्रभाव, मुलुकका बिभिन्न स्थानमा वर्षा


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगालको खाडीमा बनेको अंपुन नामको आँधी अर्थात् चक्रवातका कारण अहिले मुलुकका बिभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो क्रम आजदेखि तीन दिनसम्म जारी रहनेछ । महाशाखाका अनुसार हाल देशको  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका सबै भू-भाग लगायत प्रदेश नं ५ को केहि स्थानहरुमा  मौसम सामान्यतया सफा रहेको छ भने बांकी सबै भू -भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा वर्षा भइरहेको छ ।

आज दिउसो पूर्वी    भू-भागका   धेरै स्थानहरु,  मध्य भू-भागका   केही  स्थानहरुमा  र पश्चिमी भू-भागका   थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ   सहित  हल्का  देखि मध्ययम वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै पुर्वी तथा मध्य उच्च हिमाली  भू-भागका केही स्थानहरुका साथै पश्चिमी  उच्च हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ७ : १६ बजे

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ