मकालु वरुण राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा संकलनमा रोक « Khabarhub

मकालु वरुण राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा संकलनमा रोक


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा – संवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलनमा यस वर्ष रोक लगाइएको छ ।

कोरोना भाइरस सङ्क्रमण फैलन थालेको र यार्सा संकलन गरिने ठाउँमा मानिसको भीड हुने भएकाले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको मकालु बरुण राष्ट्रिय निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिए ।

मकालु बरुण राष्ट्रिय निकुञ्जले गत वर्ष जेठ १५ गतेदेखि असार १३ यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको थियो ।

भीडभाडमा यार्सा सङ्कलनमा हुने भएका कारण कोरोना सङ्क्रमणको जोखिम उच्च हुने देखिएपछि रोक लागाइएको सूचना अधिकारी पाठकले बताए ।

निकुञ्जको सूचनाविपरीत यार्सागुम्बा सङ्कलन गर्ने गराउनेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ को २०३० बमोजिम कारवाही हुने बताइएको छ ।

यार्सागुम्बा मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु बरुण निकुञ्जलगायत ठाउँमा पाइन्छ ।

उच्च हिमाली क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा मानिन्छ । सङ्कलन गरेको यार्सागुम्बा बिक्री गरेर स्थानीयवासीले वर्षभरिको आवश्यक घर खर्च, बालबच्चा पढाउने खर्च जुटाउने गरेको स्थानीयवासीको भनाइ छ ।

निकुञ्ज कार्यालयले यार्यागुम्बा प्रतिकिलो २५ हजारका दरले राजश्व लिने गरेको सूचना अधिकारी पाठकले जानकारी दिए ।

गुणस्तरका आधारमा एक नम्बरको यार्सागुम्बालाई केजीको ४० लाख रुपैयाँ सम्ममा बिक्री हुने गरेको भए पनि सङ्खुवासभामा यार्सागुम्बा प्रतिकेजी साढे पाँच लाखदेखि साढे सात लाखसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ८ : ३९ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर