कर्णाली प्रदेशका १ हजार ७५३ जनाको स्वाब संकलन « Khabarhub

कर्णाली प्रदेशका १ हजार ७५३ जनाको स्वाब संकलन


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – कर्णाली प्रदेशका विभिन्न जिल्लाका १ हजार ७५३ जनाको स्वाब संकलन गरी जुम्लामा पुर्‍याइएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले हवाईमार्गमार्फत स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणका लागि जुम्ला पुर्‍याएको हो ।

हुम्लाका पाँच स्थानबाट ६००, कालिकोटको नौ स्थानबाट ६५३, मुगुको दुई स्थान र केही गाडीमा ल्याएको सहित ५०० गरेर एक हजार ७५३ जनाको स्वाब जुम्ला ल्याइएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

जुम्ला ल्याइएको स्वाब भने दर्ता गरेर परीक्षण गरिने प्रयोगशाला प्रमुख विवेक पुनमगरले बताए । यसअघि जुम्लाको ८४७ जनाको एकै दिन स्वाब सङ्कलन गरेर परीक्षण गरिएको नतिजा नेगेटिभ आएको छ ।

स्वाब सङ्कलन गर्न चिकित्सकको टोलीलाई गत वैशाख २८ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले जुम्ला पुगेर निर्देशन दिएपछि हेलिकोप्टरमार्फत टोली जिल्ला–जिल्ला खटाइएको थियो ।

प्रतिष्ठानले यसअघि जोखिम जिल्ला बाहिरबाट आएका व्यक्ति, स्वास्थ्यकर्मी र पत्रकारको एक हजार ३१२ जनाको जुम्लामै पिसीआर परीक्षण गरी नतिजा नेगेटिभ आएको छ ।

त्यसअघि पनि ३२४ जनाको हेलिकोप्टरमार्फत काठमाडौँ स्वाब पठाएर परीक्षण गराइएको थियो ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ८ : ५९ बजे

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

भक्तपुर – आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने

‘तुल्सा कलेक्सन’को सम्पत्ति शुद्धीकरणमा यसरी जोडिए अजय चौरसिया र लक्ष्मी खतिवडा

ललितपुर– विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा

एमाले बैठक : दलको नेता चयनमा पार्टी हस्तक्षेप नभएको स्पष्टीकरण, सरकारका निर्णयको कडा विरोध

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठक

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

खोटाङ– खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन