सरकार हामी पनि नेपाली नागरिक हौँ, उद्धार होस् (भिडियोसहित) | Khabarhub Khabarhub

सरकार हामी पनि नेपाली नागरिक हौँ, उद्धार होस् (भिडियोसहित)


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । रोजगारीका क्रममा भारतको गोवा राज्यमा पुगेका १० हजार नेपाली कामदार लकडाउनका कारण अलपत्र परेका छन् ।

लकडाउनले रोजगारी गुमेपछि नेपाल फर्किन लागेका हजारौँ नेपालीहरू भारतका विभिन्न रेलवे स्टेशन, बसपार्क र सडकमा चर्को घाममा अलपत्र छन् ।

विशेषगरी रोजगारीका क्रममा भारतको गोवा, मुम्बई, बैङ्लोर, पुना, दिल्ली, चण्डिगढ, गुजारात, केरला, लगायतका ठाउँमा नेपालीहरू अलपत्र छन् ।

गोवामा रहेका नेपाली कामदारलाई अहिले खाना र बस्न निकै समस्या भएको भारतस्थित प्रगतिशील नेपाली समाजले जनाएको छ । समाजका अनुसार नेपालबाट गोवा राज्यमा काम लागि जानेहरू ६ महिनाका लागि गएका हुन्छन् । उनीहरू डिसेम्बरदेखि मेसम्म काम गर्छन् र फर्किन्छन् ।

समाजका महासचिव लोकेन्द्र शेर्पालीका अनुसार मेपछि गोवाका उद्योगधन्दा, होटल सबै बन्द हुन्छन् । यसपालि कोरोना भाइरसका कारण दुई महिनाअघि बन्द भए ।

‘अब आगामी डिसेम्बरबाट मात्र हो होटल सुरु हुने, कोरोनाका कारण अहिले सबै बन्द छन्, यहाँ भोकमारीको अवस्था भइसकेको छ’ उनले खबरहबसँग भने, ‘गोवामा रहेका ८० हजार नेपालीमध्ये १० हजार तत्कालै स्वदेश फर्किन चाहन्छन् ।’

उनका अनुसार कम्पनीका मालिकले आफ्नो सरकारसँग उद्धार माग्न र स्वदेश फर्कन दबाब दिन थालेका छन् ।

रोजागारी गुम्यो, गाँसबासको ठेगान छैन

बन्दाबन्दीले रोजगारी गुम्नुको पीडामाथि भोकमारीको चिन्ता बढ्न थालेको छ । कम्पनीेले तलब भुक्तानी गरेको भोलिपल्ट रेमिट्यान्समार्फत परिवारलाई खर्च पठाउने उनीहरूको चलन छ ।

हाल भारतको गोहटीमा रहेका धुलिखेलका किसान ओझा भन्छन्, ‘सम्बन्धित कार्यालयहरू पुगिसकेँ तर उद्धार गर्न कसैले चासो देखाएनन् अहिले म गोवासम्म पनि पुग्न सकेको छैन ।’

उनी दुई महिनादेखि गोहटीस्थित एक होटलमा बसेका छन् । होटलको पैसा तिर्न रोजगारीमै फर्कनुपर्ने अवस्था छ । यतिबेला सरकारले उद्धार गरिदिए राहत हुने उनको भनाइ छ ।

रुकुम घर भएका चन्द्र शेर्पाली भन्छन्, ‘विगत दुई महिनादेखि रोजगारी गुमाइसेका छौँ, खानबस्नको समस्या भएको छ ।’ उनले कम्पनीले अहिलेसम्म खानाबस्न दिएको भए पनि अब धान्न नसक्ने भनेको र यस्तो अवस्थामा विकल्प खोज्न नसकेको बताए ।

‘सरकारले उद्धारमा ढिलाइ गरेमा प्रवासमा रहेका धेरै नेपालीहरूको ज्यान गुम्ने संकेत देखिन्छ’ उनले आग्रह गर्दै भने, ‘सरकार ! हामीलाई बचाऊ, हामी आफ्नो देश फर्कन चाहन्छौँ ।’

अहिले गोवामा रहेका कतिपय कम्पनीले कामदारलाई कोठामा राखेका छन् । कतिपय होटल व्यवसायीले आश्रय दिइरहेको कामदारहरू बताउँछन् ।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/khabarhubofficial/videos/378394399774135/?t=1

सरकार ! हामी पनि नेपाली नागरिक हौँ !

नेपाल सरकारले भारतमा रहेका नेपालीका लागि स्वदेश फर्किने उचित व्यवस्था गर्न नसक्दा उनीहरूमा कोरोनाको मात्र नभई भोकमारीको समेत त्रास बढ्न थालेको छ । अलपत्र परेका उनीहरूले उद्धारका लागि पहल गरिदिन दिल्लीस्थित नेपाली दूतावासलाई अनुरोध गरिरहेका छन् ।

गुवास्थित कलंबोटबाट अजय डाँगीका अनुसार अहिले कलंबोटमा मात्र ५ हजारभन्दा बढी नेपालीहरू अलपत्र छन् । यसबीचमा पटकपटक भारतस्थित नेपाली दूतावासलाई सम्पर्क गर्दा पनि दूतावासले वास्ता नगरेको उनको गुनासो छ ।

‘केही दिनअघि दूवातासलाई फोन गरेको थिएँ’ उनले भने, ‘तपाईंहरू नाम लिस्ट बनाइदिनुस्, राहत र कोठा भाडा व्यवस्था गरिदिन्छौँ भन्यो तर अहिलेसम्म केही व्यवस्था गरेको छैन ।’

हामीले बनाएको सरकार होइन र ?

प्रधानमन्त्रीले भारतमा रहेका नेपालीलाई ल्याउनेबारे केही नबोल्दा उनीहरूको मनमा ठेस पुगेको छ । ‘भारतमा बसेका नेपाली चाहिँ नेपाली होइनन् ?’ डाँगीको प्रश्न छ, ‘तपाईंहरू चुनावमा आउँदा मेरा दाजु, भाउजु, बाआमा भन्दै दुई हात जोड्नुहुन्छ, यस्तो आपतको घडीमा खोइ हाम्रो मर्म बुझेको ?’

प्रवासीहरूले नेपाली भूमिमा पाइला टेक्न पाए जुनसुकै स्थानमा जति दिन पनि क्वारेनटाइनमा बस्न तयार रहेको डाँगीले बताए ।

मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीले भारतमा रहेका नेपालीलाई ल्याएमा कोरोना सर्ने खतरा बढ्छ भनेको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । उद्धार गर्न कोरोना परीक्षण गरेर क्वारेन्टाइनमा राख्न डाँगीको आग्रह छ ।

दाङका सन्तोष विश्वकर्माले भारतमा कोरोना संक्रमणका कारण दिनदिनै ज्यान गइरहेको बेला नेपाल सरकारले आफ्ना नागरिक फर्काउन नसकेकोमा दुःख लागेको बताए । उनले भने, ‘रोजगारी गुमिसक्यो, आर्थिक समस्याले बिहान खाए बेलुका के खाने भन्ने छ, यस्तो बेला सरकारले हामीलाई उद्धार गरेन भने कोरोनाभन्दा भोकमारीले मर्छौं ।’

आफूहरू देशका लागि लड्न तयार रहेको पनि उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ९ : ४३ बजे

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि