त्रिपक्षीय वार्तामा नबस्ने चीनको संकेत « Khabarhub

त्रिपक्षीय वार्तामा नबस्ने चीनको संकेत


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले कालापानी र लिपुलेक विवादबारे त्रिपक्षीय वार्तामा नबस्ने संकेत गरेको छ ।

मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजिआनले नियमित प्रेस बिफ्रिङमा कालापानी नेपाल र भारतीबीचको सीमासम्बन्धी मुद्दा भएकाले एकतर्फी क्रियाकलाप रोकेर दुबै मुलुकले मित्रवत छलफलबाट समस्या समाधान गर्नु पर्ने सुझाव दिएको छ ।

भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेको भारतले नयाँ सडक उद्घाटन गरेको विषयमा नेपालको असन्तुष्टि कसैबाट प्रेरित भएको भन्‍ने अभिव्यक्तिको प्रतिक्रियामा लिजिआनले उक्त विषयमा खासै रूचि दिएनन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले ८ मेमा उक्त कालापानी क्षेत्र समेत समेटिएको सडकको उद्घाटन गरेपछि त्यसको चर्को बिरोध भइरहेका बेला चिनियाँ धारणा पनि बाहिरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले चिनियाँ सरकारी अधिकारीसंग कुरा गरिसकेको जानकारी दिइरहँदा चीनको धारणा सार्वजनिक भएको हो ।

विवाद समाधानमा त्रिदेशीय वार्ता आवश्यक रहेको आवाज उठिरहेका बेला चीनले भने दुई देशबिच कुटनितिक माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको हो ।

भारतले नेपाली भू-भागमा नै सकड बनाएपछि नेपाल सरकारले उक्त अतिक्रमित क्षेत्रसमेत समेटेर नयाँ नक्सा स्वीकृत गरिसकेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ९ : ४९ बजे

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

भक्तपुर – आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने

‘तुल्सा कलेक्सन’को सम्पत्ति शुद्धीकरणमा यसरी जोडिए अजय चौरसिया र लक्ष्मी खतिवडा

ललितपुर– विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा

एमाले बैठक : दलको नेता चयनमा पार्टी हस्तक्षेप नभएको स्पष्टीकरण, सरकारका निर्णयको कडा विरोध

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठक

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

खोटाङ– खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन