यस कारण लगाउँदैनन् नागा बाबाले कपडा | Khabarhub Khabarhub

यस कारण लगाउँदैनन् नागा बाबाले कपडा


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नागा बाबाका बारेमा तपाईंले पक्कै पनि सुन्नु भएको होला । विशेष गरी शिवारात्री पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा समेत नागा बाबाहरुको घुईंचो लाग्ने गर्छ ।

नागा बाबाहरु कपडा नै नलगाई अर्थात् निर्वस्त्र बनेर मन्दिर आसपासमा बसेका हुन्छन् । आफ्नो पूरा शरीरमा भष्म लगाएर घुमिरहेका हुन्छन् ।

तर, उनिहरु किन कपडा लगाउँदैनन् त ? यो कुरा धेरैलाई थाहा नहुन सक्छ, यहाँ हामी नागा बाबाहरुले किन कपडा लगाउँदैनन् भन्ने बारेमा चर्चा गर्दैछौं ।

नागा शब्दको अर्थ नाङ्गो भन्ने हुन्छ । नागा बाबाहरु पनि पूरा निर्वस्त्र हुन्छन् । उनीहरु उपासनामा स्वयंलाई लीन गराउँछन् । सांसारिक भोगविलासबाट उनीहरु टाढा रहन्छन् ।

कहाँ बस्छन् नागा बाबा ?

नागा बाबाहरु ठूलो महल नभएर स–सानो कुटी बनाएर बसेका हुन्छन् ।

के खान्छन् ?

नागा बाबाहरु तीर्थयात्रीहरुले दिएको खानेकुरालाई नै आफ्नो भोजन बनाएर खान्छन् । उनीहरुका लागि दैनिक भोजनको महत्व धेरै हुँदैन ।

यसकारण लगाउदैनन कपडा

नागा बाबाहरु कपडा शरीरको माया भएकाहरुले लगाउने हो भन्ने ठान्दछन् । कपडाको प्रयोग ज्यान जोगाउनेहरुले मात्र गर्ने हो भन्ने उनीहरु ठान्छन् । उनीहरुलाई शरीरको कुनै महत्व हुँदैन ।

उनीहरु हरेक समय ध्यानमै तल्लीन हुन्छन् । उनीहरुको विचार दृढ हुन्छ र उनीहरुले मौसममा ध्यान दिदैनन् ।

के हो इतिहास ?

वेद व्यासले न संगठितरुपमा वनवासी, सन्यासी जस्ता परम्पराको शुरुवात गरेका थिए भन्ने मान्यता रहेको छ । त्यसपछि शुकदेव र अनेक ऋषि तथा सन्तले यस परम्परालाई आ-आफ्नो तरिकाबाट फरक आकार दिएको बताइन्छ ।

साथै पछि शंकराचार्यले ४ मठ स्थापना गरेर दसनामी सम्प्रदायको गठन गरेका थिए । साथै अखडाको परम्परा शुरु भएको थियो । जानकारी होस् कि, सबैभन्दा पहिलो अखडा अखण्ड आह्वान अखडा वर्ष ५४७ ई.मा बनेको थियो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १० : ०९ बजे

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं–  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौंडा घर भएकी ५५

झुम्का कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

धरान– सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ

गृह र अध्यागमनको टोलीले गर्‍यो कोरला नाका अवलोकन

मुस्ताङ– गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमामा रहेको

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर– सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं– आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५