काठमाडौं – मुख्य सचिव लोकदर्शन रेग्मीले नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणीकरण गरेका छन् ।
सोमबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको नेपालको नयाँ नक्सा रेग्मीले प्रमाणीकरण गरेसँगै आजै त्यसलाई सार्वजनिक गर्ने तयारी भएको छ ।
कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आजै सार्वजनिक गर्ने तयारी गरेको हो ।
प्रतिक्रिया