जायन्ट सालामान्डरको मासु किलोको एक लाख ! « Khabarhub

जायन्ट सालामान्डरको मासु किलोको एक लाख !


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनमा खाइने गरेको जायन्ट सालामान्डर नामक प्रजातिको एक जीव विलुप्त हुन लागेको छ । यस जीवको उपयोग परम्परागत चिनियाँ औषधि बनाउनका लागि पनि गर्ने गरिएको छ ।

यो अत्यन्तै दुर्लभ जीव चीनको याङ्जे नदी समेत कैयौं जलस्रोतहरूमा पाइन्छ । अनि उत्तरी अमेरिका र जापानमा पनि यो पाइन्छ । तर यस प्रजातिको सबभन्दा ठूलो जीव चाहिँ चीनमा नै पाइने हो ।

यसलाई जीवित जीवाश्म पनि भन्ने गरिन्छ किनकि यसको इतिहास १७ करोड वर्ष पुरानो छ । यो डाइनासोर प्रजातिबाट विकसित भएको मानिन्छ ।

चीनमा सन् १९७० देखि जायन्ड सालामान्डर खान शुरू गरिएको हो । यसको मासु चिनियाँहरूले खुबै मन पराएपछि बिक्री बढेको हो । जायन्ट सालामान्डरको मासुको किलोको लगभग एक लाख रुपैयाँ पर्छ ।

बढी संख्यामा सालामान्डर उत्पादन गर्नका लागि चीनमा फार्महाउसहरू पनि खोलिएको छ । तर प्राकृतिक रूपमा चाहिँ यो विलसप्त हुन लागेको छ ।

यो उभयचर प्राणी भए पनि जिन्दगीभरि पानीमै बस्छ । माछाहरूको जस्तो फुल्का हुँदैन ।

यसले छालाबाट अक्सिजन लिन्छ । यसको आँखा बलियो हुँदैन तर यसले शिकारलाई पानीमा उठ्ने तरंगमार्फत चिन्छ । तरंगहरूलाई चिन्ने सेन्सोरी नोडहरू यसको शिरदेखि पुच्छरसम्म दुवै किनारामा पाइन्छ । यसको लम्बाइ लगभग ६ फीट हुन्छ ।

दक्षिण चीनका मानिसले चिनलिङ पहाड नजिक सालामान्डर समातेर खान थालेपछि यसको माग बढ्दै गयो । यसको सूप, स्टु र जेलीहरू लोकप्रिय हुँदै गए । अनि चिनियाँ परम्परागत औषधिमा पनि यसको उपयोग बढ्दै गयो ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  २ : ०४ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,