‘ट्वायलाइट’ अभिनेता ग्रेगरी र उनकी प्रेमिका मृत फेला « Khabarhub

‘ट्वायलाइट’ अभिनेता ग्रेगरी र उनकी प्रेमिका मृत फेला


७ जेष्ठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अभिनेता ग्रेगरी टियर बोयस लस भेगसस्थित आफ्नै निवासमा मृत भेटिएका छन् ।

३० वर्षीय अभिनेता र उनकी २७ वर्षीय प्रेमिका दुवै एकसाथ मृत फेला परेको सीएनएनले उल्लेख गरेको छ ।

यी दुई १३ मेमा मृत अवस्थामा फेला परेका हुन् । तर, मृत्युको कारण भने पुष्टि भइसकेको छैन ।

लस भेगास पुलिस विभागका सार्वजनिक सूचना अधिकारीले सीएनएनलाई इमेलमार्फत् उनीहरूको मृत्यु कुनै आपराधिक घटना नएको पुष्टि गरेका छन् ।

अभिनेता ग्रेगरीकी आमा लिसा वेनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् छोरा र अदिपोजु दुवैलाई श्रदाञ्जलि अर्पण गरेकी छन् । साथै उनले आफ्नो छोरा उत्कृष्ट सेफ भएको र ऊ आफ्नो नयाँ व्यवसाय स्थापना गर्ने तयारीमा रहेको पनि बताएकी छन् ।

अभिनेता ग्रेगरी ‘ट्वायलाइट’मा बेला स्वानको अपोजिट क्रिस्टन स्टिवर्टको भूमिकामा थिए । उनीहरूको मृत्युबारे अनुसन्धान गरिरहेको कर्नर एक्जामिनर अफिसले मृत्युको कारण ६ देखि ८ हप्ताभित्र पत्ता लाग्ने बताएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  २ : ५५ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,