कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना व्यवस्थापन सम्पर्क व्यक्ति कुमार थापाका अनुसार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थापाका अनुसार उनीहरुको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । १२ जना नयाँ संक्रमितहरुमध्ये महाराजगंज नगरपालिका –९ का ३ वर्षीया बालिका, ४ वर्षीया बालिका, ५ वर्षीया बालिका, १६ वर्षीया युवती, २० वर्षीया महिला, र २८ वर्षीया महिला रहेका छन् ।

यस्तै २ वर्षीय बालक, १४ वर्षीय बालक, ३० वर्षीय पुरुष रहेका छन् । यस्तै महाराजगंज नगरपालिका–२ र ७ का २२, ३५ र ४८ वर्षका तीनजना पुरुष रहेका छन् ।

उनीहरु सबैजना १० दिन देखि एकसाताको बीचमा भारतबार नेपाल आएर कपिलवस्तुको विभिन्न स्थानका क्वारेन्टाइमा रहेका थिए ।

जिल्ला स्वास्थ्य कार्यलयले संक्रमितको थपिएको जानकारी गराएपछि स्वास्थ्य मन्त्रालयले भने नयाँ थपिएका संक्रमितको संख्याबारे अपडेट गरेको छैन ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलेनमा मात्र संक्रमितको संख्याबारे अपडेट गराउने जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ३ : ३३ बजे

मल्कवाङमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइनमार्फत विद्युतीकरण भएको

नेपाल पत्रकार महासंघले मनायो ७१ औँ स्थापना दिवस  

काठमाडौं– नेपाल पत्रकार महासंघले ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको

एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि संघर्षको

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ– थासाङ गाउँपालिकामा निर्माणाधीन लेते–धम्पु प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ

दक्षिणी लेबनानमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

लेबनान– लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति