कोरोना संक्रमित भेटिएपछि मैतिदेवी क्षेत्र सिल « Khabarhub

कोरोना संक्रमित भेटिएपछि मैतिदेवी क्षेत्र सिल


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका-३० अन्तर्गत पर्ने मैतिदेवी क्षेत्रमा क्षेत्र सिल गरिएको छ ।

मैतिदेवी क्षेत्रका एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सो क्षेत्र सिल गरिएको हो । गते वैशाख ३० गते रामेछापबाट आएका दाजुभाइको पीसीआर परीक्षण गराउँदा एक जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

वडा नं. ३० का वडाअध्यक्ष दलबहादुर कार्कीले भने, ‘मैतिदेवी मन्दिर र घट्टेकुलो चोकको प्रहरी बिटबाट उत्तरपूर्वको ५० मिटरको क्षेत्रलाई सिल गरिएको छ।’

उनले भने, ‘गत वैशाख ३० गते रामेछापबाट काठमाडौं आएका दाजूभाइको पीसीआर परीक्षण गर्दा १ जनामा कोरोनको संक्रमण पोजेटिभ देखिएको थियो, उहाँहरु बस्ने घर लगायत वरपरका सबै घरलाई सिल गरिएको छ। अब अन्यको पनि परीक्षणको तयारी भइरहेको छ।’

संक्रमित युवा अहिले अस्पतालमा भएपनि उनका एकजना भाइ भने कोठामै रहेका छन् । उनको पनि कोरोना परीक्षण गरिएको छ तर रिपोर्ट भने आइसकेको छैन ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ४ : ५८ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर