हवाइ उडान जेठ मसान्तसम्म बन्द « Khabarhub

हवाइ उडान जेठ मसान्तसम्म बन्द


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले हवाइ उडान आगामी जेठ मसान्तसम्म बन्द गर्ने भएको छ । सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको हो ।

बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याए पनि हवाई उडानबारे निर्णय गरेको थिएन । समितिको मंगलबार बसेको बैठक पनि विदेशमा समस्यामा परेका नागरिकहरुको उद्दारबारे छलफलका लागि बोलाइएको थियो ।

हवाई उडानबारे अन्तिममा मात्र निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ८ : ३५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु