कोरोना भाइरस : विश्वभर एकै दिन १ लाख ११ हजारभन्दा बढी निको « Khabarhub

कोरोना भाइरस : विश्वभर एकै दिन १ लाख ११ हजारभन्दा बढी निको


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ११ हजारभन्दा बढी निको भएका छन् ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ४६ लाख २० हजार २८३ पुगेको छ ।

यो संख्या शुक्रबार विहानको तुलनामा १ लाख ११ हजार २८ ले बढी हो । शुक्रबारसम्म निको हुनेको संख्या ४५ लाख ९ हजार २५५ थियो ।

यस्तै पछिल्लो २४ घण्टामा १ लाख ८० हजार ३६१ जना संक्रमित भएका छन् । यो विश्वभर एकै दिन भएको संक्रमणको सर्वाधिक संख्या हो । योसँगै विश्वभर संक्रमितको संख्या ८७ लाख ५० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ५९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ६१ हजार ८१३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार बिहानसम्म १ लाख ८६ हजार ९३४ जनाको मृत्यु भएको छ ।

२२ लाख ८३ हजार ९६ जना संक्रमित भएकोमा १२ लाख ३५ हजार ८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५१ हजार ८५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २६ लाख ५२ हजार २८५ पुगेको छ । त्यसमध्ये ११ लाख ८२ हजार ७५२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४६ हजार ३६३ जनाको मृत्यु भएको छ । १८ लाख १६ हजार ३१७ जना संक्रमित भएकोमा ११ लाख ४३ हजार १५२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६८ हजार ८१० जनाको मृत्यु भएको छ । १७ लाख २०० जना संक्रमित भएकोमा ९ लाख १५ हजार ७७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ७ हजार ७१३ जनाको ज्यान गएको छ भने २ लाख ८८ हजार ८१२ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ३५ हजार १७६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार २३ जना संक्रमित भएकोमा ८ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ६ : ३६ बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा