घोराहीका चार विद्यालय समायोजित « Khabarhub

घोराहीका चार विद्यालय समायोजित


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङस्थित घोराही उपमहानगरपालिकाले चार विद्यालयलाई नजीकैको अर्को विद्यालयमा समायोजन गरेको छ ।

विद्यार्थी संख्या न्यून रहेकाले ती विद्यालयलाई समायोजन गरिएको उपमहानगरपालिका, शिक्षा, युवा तथा खेलकूद महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख विनोद गौतमले नगरपालिका बैठकको निर्णयानुसार घोराही –६को प्रावि गुरुवा गाउँलाई सोही वडाको मावि जजरागाउँ र प्रावि पक्वैलाई जयशेर माविमा समायोजन गरिएको जानकारी दिए ।

त्यस्तै वडा नं १८ को प्रावि मसिनालाई सोही वडाको मावि रझेना, वडा नं ७ को प्रावि घुस्रालाई सोही वडाको मावि सौडियार र वडा नं १२ को प्रावि पेदाको कक्षा ४ लाई मावि हापुर विजौरीमा समायोजन गरिएको गौतमले जानकारी दिए ।

विद्यालयको समायोजन पत्रानुसार उपमहानगरले निर्णय लिएको महाशाखाले जनाएको छ । महाशाखाले विद्यालयमा रहेका विद्यार्थी सङ्ख्याका आधारमा गत पुसमा उपमहानगरपालिकाभित्र शिक्षक दरबन्दी मिलान गरिसकेको छ ।

पाठ्यपुस्तक वितरण

लकडाउन खुकुलो बन्दै गएपछि दाङका सामुदायिक विद्यालयले सामाजिक दूरी कायम गर्दै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न शुरु गरेका छन् । विद्यालय नखुले पनि स्वाध्ययनका लागि पाठ्यपुस्तक वितरण शुरु गरिएको विद्यालयले जनाएका छन् ।

जिल्लाका १० स्थानीय तहका कक्षा १० सम्मका ४२३ सामुदायिक विद्यालयमा पुस्तक वितरणशुरु गरिएको छ ।

विद्यालय क्वारेन्टिन बनाइएका कारण कतै विद्यार्थीको घरमै पुगेर पुस्तक उपलब्ध गराइएको छ भने कतै सम्पर्क शिक्षक वा कर्मचारी तोकी उनीहरुसँग सम्पर्क गरेर पुस्तक लिन विद्यार्थीलाई भनिएको छ ।

क्वारेन्टिन नराखिएका विद्यालयमा भने विद्यालयबाटै सामाजिक दूरी कायम गरी पुस्तक वितरण गरिएको स्थानीय पालिकाका शिक्षा शाखा प्रमुखले जानकारी दिएका छन् ।

जिल्लाका सामुदायिक विद्यालयले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यम प्रयोग गरी पुस्तक वितरणको काम अघि बढाएको जनाएका छन् । जिल्लाकै जेठो पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालय भरतपुरले जेठको अन्तिम सातादेखि पुस्तक वितरण गरिरहेको प्रधानाध्यापक रामप्रसाद जैसीले जानकारी दिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १२ : २१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार