शान्तिपूर्ण तवरले सीमा समस्या समाधान गर्न भारत र चीनलाई नेपालको सुझाव « Khabarhub

शान्तिपूर्ण तवरले सीमा समस्या समाधान गर्न भारत र चीनलाई नेपालको सुझाव


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले दुई छिमेकी राष्ट्र भारत र चीनबीच पछिल्लो समयमा देखिएको सीमा समस्यालाई शान्तिपूर्ण रुपमा सुल्झाउन सुझाव दिएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार अपरान्ह विज्ञप्ति जारी गर्दै लद्दाखको गलवान उपत्यका क्षेत्रमा भएको भिडन्तपछि उब्जिएको समस्या शान्तिपूर्ण तवरले समाधान गर्न सुझाव दिएको हो ।

‘असल छिमेकीपनाको भावनासहित आपसी नमिलेका कुराहरुलाई दुई पक्षीय,क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वको शान्तिपूर्ण माध्यमबाट उब्जिएको समस्या हल हुनेमा नेपाल विश्वस्त छ,’ विज्ञप्तीमा उल्लेख छ ।

नेपालले दुई मित्रवत छिमेकीहरु समस्या समाधानमा समक्ष रहने समेत विश्वास व्यक्त गरेको छ ।

१५ जुनका दिन गलवान भ्यालीमा सीमा विवादलाई लिएर भारत र चीनका सेनाबीच हिंसात्मक झडप भएको थियो ।झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ६ : २२ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६