सिन्धु साहित्य सम्मेलनमा लम्साल प्रथम « Khabarhub

सिन्धु साहित्य सम्मेलनमा लम्साल प्रथम


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक सदरमुकाम चौतारामा आज दोस्रो बृहत् सिन्धु साहित्य सम्मेलन सम्पन्न भएको छ ।

दुःखी प्रकाशन आयोजक र शब्द सारथी सहआयोजक रहेको सम्मेलनमा वाग्मती प्रदेशका नौ जिल्लाका कविबाट २६ कविता प्राप्त भएका थिए ।

कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश रु ३० हजार, रु २० हजार र रु १० हजार र प्रमाणपत्र दिइयो । दुई जनाले रु तीनतीन हजारको सान्त्वना पाए ।

दुःखी प्रकाशनका अध्यक्ष सुरेश कसजुको सभापतित्वमा भएको प्रतियोगितामा नुवाकोटका पुरु लम्साल प्रथम, धादिङका सुमन आलोक द्वितीय र सिन्धुपाल्चोकका रोजिना पराजुली तृतीय भएका थिए ।

सिन्धुपाल्चोककै पवन ढुंगाना र सविता थापाले सान्त्वना प्राप्त गरेका थिए । विजयी कविलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ७ : ५१ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति