पहिरोले जीप पुरिँदा एकको मृत्यु, पाँच घाइते « Khabarhub

पहिरोले जीप पुरिँदा एकको मृत्यु, पाँच घाइते


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- पहिरोले जीप पुरिँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

दुई दिनदेखि परेको वर्षाका कारण खसेको पहिरामा जीप पुरिँदा एक जनाको ज्यान गएको छ । सो घटनामा पाँच घाइते भएका छन् ।

धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडे निवासी अन्दाजी १८ वर्षीय तुल्सीराम काउछाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पुर्कोट दहका प्रहरी निरीक्षक पङ्कज चुँदालीले जानकारी दिए ।

साविकको हाडहाडे गाविस वडा नम्बर २ बाट हाडहाडेकै अर्को गाउँ जान लाग्दा लु १ ज ३९७९ नम्बरको जीप हाडहाडेस्थित चुना ओढारमा पुरिएको हो ।

जीपमा सवार पाँचमध्ये दुई जनाको अवस्था गम्भीर भएका कारणले थप उपचारका लागि अर्घाखाँची सन्धिखर्क पठाइएको छ ।

गाडीचालकसमेत रहेका स्थानीयवासी २० वर्षीय प्रदीप पुन र २५ वर्षीय रमेश रानालाई थप उपचारका लागि सन्धिखर्क पठाइएको हो । बाँकी तीनको अवस्था सामान्य रहेकाले हाडहाडेमै प्राथमिक उपचार गरिएको छ ।

स्थानीयवासी ३९ वर्षीय केशव काउछा, २१ वर्षीय खिम काउछा र १८ वर्षीय विशाल काउछाको सामान्यावस्था रहेकाले हाडहाडेमै प्राथमिक उपचार गराइएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १० : ०४ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६