विश्वमा कोरोना : १ करोड ४६ लाखभन्दा बढी संक्रमित   | Khabarhub Khabarhub

विश्वमा कोरोना : १ करोड ४६ लाखभन्दा बढी संक्रमित  


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ४६ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

एकै दिन २ लाख २० हजार ७३ जनामा संक्रमण देखिएसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४६ लाख ४० हजार ३२६ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३१६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ८ हजार ८५४ पुगेको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ८७ लाख ३० हजार ३४८ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९९ हजार ८७ जनाको मृत्यु भएको छ । २६ लाख ६९ हजार ३८१ जना संक्रमित भएकोमा १५ लाख ८८ हजार ७८८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९६ हजार ६११ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४५ लाख ६९ हजार १४७ पुगेको छ । त्यसमध्ये २२ लाख १३ हजार १२९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७९ हजार ८९५ जनाको मृत्यु भएको छ । ३३ लाख ९७ हजार ३२८ जना संक्रमित भएकोमा २४ लाख ११ हजार ४५३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १७ हजार ८९१ जनाको मृत्यु भएको छ । ३२ लाख ६५ हजार २९९ जना संक्रमित भएकोमा २१ लाख २२ हजार ८६४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १५ हजार २१० जनाको ज्यान गएको छ भने ७ लाख २४ हजार ७०२ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ८३ हजार ३१६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १४५ जनाको मृत्यु भएको छ । १३ हजार ७४८ जना संक्रमित भएकोमा १० हजार ५७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ६ : २९ बजे

तनहुँमा शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाभर भोलि (शुक्रबार) बिहान

आईजीपी खापुङले भने : प्रहरी उच्च मनोबलका साथ अघि बढ्नुपर्छ

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले देश कठिन

काठमाडौं उपत्यकामा कर्फ्यु थप खुकुलो, बिहान र बेलुकी आवतजावत गर्न पाइने

काठमाडौं – नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आदेशलाई

सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना

काठमाडौं – जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये

धनुषा जिल्लामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म आज