निर्मातालाई भेट्न घण्टौं प्रतीक्षा गर्थे गोविन्दा « Khabarhub

निर्मातालाई भेट्न घण्टौं प्रतीक्षा गर्थे गोविन्दा


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता गोविन्दाले कैयन् वर्षसम्म सिल्भर स्क्रिनका माध्यमबाट दर्शकलाई भरपूर मनोरञ्जन दिए । उनले अभिनयका अलावा नृत्यका कारण पनि दर्शकको मन जिते ।

लामो दशक बलिउडमा राज गरेका गोविन्दा अहिले पनि दर्शकको मनमा बसेका छन् । तर, यो सफलता पाउन गोविन्दाले लामो समय संघर्ष गरेका थिए ।

गोविन्दाले एक अन्तर्वार्ताका क्रममा भनेका छन् – म निर्मातालाई भेट्नका लागि घण्टौंसम्म प्रतीक्षा गर्ने गर्थें ।

यति मात्र होइन, उनलाई कतिले त फिल्म क्षेत्रमा करिअर बनाउन नसक्ने समेत बताउने गर्थे । करिअरको शुरुवाती बेलामा उनले कडा संघर्ष गर्नुपरेको थियो ।

गोविन्दाले बलिउडका केही व्यक्तिले नै त्यहाँको व्यापारलाई नियन्त्रणमा राखेको बताए । उनी अन्य लोकप्रिय कलाकारलाई पनि करिअरका बेला संघर्षको सामना गर्नुपरेको बताउँछन् ।

बलिउडमा कुनै समय थियो, केही सीमित व्यक्तिले पूरै फिल्म क्षेत्रलाई नियन्त्रणमा लिएका थिए । अहिले भने केही हदसम्म परिवर्तन भएको छ । यसले गोविन्दा खुशी छन् ।

गोविन्दाले आफ्ना केही फिल्म रिलिज हुन नपाएको पनि बताएका छन् । केही फिल्मले राम्रो कमाइ गर्न नसकेको पनि उनी स्वीकार्छन् । उनी भन्छन्, ‘केही त्यस्ता फिल्म असफल भए, जुन फिल्मबाट मलाई धेरै नै आशा थियो, यो समस्या मैले मात्र होइन, अरुले पनि बेहोर्नुपर्छ ।’

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १ : १६ बजे

सम्झौता कार्यान्वयन नभएसम्म इरानमा अमेरिकी सैन्य शक्ति यथावत् : ट्रम्प

एजेन्सी– अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस