निर्मातालाई भेट्न घण्टौं प्रतीक्षा गर्थे गोविन्दा « Khabarhub

निर्मातालाई भेट्न घण्टौं प्रतीक्षा गर्थे गोविन्दा


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता गोविन्दाले कैयन् वर्षसम्म सिल्भर स्क्रिनका माध्यमबाट दर्शकलाई भरपूर मनोरञ्जन दिए । उनले अभिनयका अलावा नृत्यका कारण पनि दर्शकको मन जिते ।

लामो दशक बलिउडमा राज गरेका गोविन्दा अहिले पनि दर्शकको मनमा बसेका छन् । तर, यो सफलता पाउन गोविन्दाले लामो समय संघर्ष गरेका थिए ।

गोविन्दाले एक अन्तर्वार्ताका क्रममा भनेका छन् – म निर्मातालाई भेट्नका लागि घण्टौंसम्म प्रतीक्षा गर्ने गर्थें ।

यति मात्र होइन, उनलाई कतिले त फिल्म क्षेत्रमा करिअर बनाउन नसक्ने समेत बताउने गर्थे । करिअरको शुरुवाती बेलामा उनले कडा संघर्ष गर्नुपरेको थियो ।

गोविन्दाले बलिउडका केही व्यक्तिले नै त्यहाँको व्यापारलाई नियन्त्रणमा राखेको बताए । उनी अन्य लोकप्रिय कलाकारलाई पनि करिअरका बेला संघर्षको सामना गर्नुपरेको बताउँछन् ।

बलिउडमा कुनै समय थियो, केही सीमित व्यक्तिले पूरै फिल्म क्षेत्रलाई नियन्त्रणमा लिएका थिए । अहिले भने केही हदसम्म परिवर्तन भएको छ । यसले गोविन्दा खुशी छन् ।

गोविन्दाले आफ्ना केही फिल्म रिलिज हुन नपाएको पनि बताएका छन् । केही फिल्मले राम्रो कमाइ गर्न नसकेको पनि उनी स्वीकार्छन् । उनी भन्छन्, ‘केही त्यस्ता फिल्म असफल भए, जुन फिल्मबाट मलाई धेरै नै आशा थियो, यो समस्या मैले मात्र होइन, अरुले पनि बेहोर्नुपर्छ ।’

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १ : १६ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका