मास्क लगाएर मुम्बईको सडकमा साइकलमा कुदे यी अभिनेता, कसैले चिनेनन् « Khabarhub

मास्क लगाएर मुम्बईको सडकमा साइकलमा कुदे यी अभिनेता, कसैले चिनेनन्


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – लकडाउनका कारण बलिउड सेलिब्रेटीको दैनिकीमा ब्रेक लागेको थियो । अहिले भने माहोल बिस्तारै खुला हुँदैछ ।

केही दिनयता सेलिब्रेटीहरु घरबाहिर देखिन थालेका छन् । शूटिङ पनि फाटफुट हुन थालेका छन् ।

हालै अभिनेता रणवीर कपूर पनि मुम्बईको सडकमा देखिएका छन् । उनले मुखमा पूरै मास्क लगाएर मुम्बईमा साइकल यात्रामा निस्केका हुन् ।

रणवीरलाई मास्क लगाएको हुनाले कसैले चिनेनन् । उनी निकै तीव्र गतिमा साइकल कुदाइरहेका थिए ।

उनी साइकल चढेको एक भिडियोले सामाजिक सञ्जालमा चर्चा कमाएको छ । हालै उनले आफ्नी आमा नितु कपूरको जन्मदिनमा पनि तस्वीर शेयर गरेका थिए ।

हालै रणवीर कपूरको परिवारमा पनि कोरोना भाइरस पोजेटिभ भएको हल्ला फैलिएको थियो । त्यसपछि रिद्धिमा कपूरले यो खबरको खण्डन गरेकी थिइन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  २ : ०० बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक