प्रचण्डले आफूनिकटका स्थायी कमिटी सदस्यलाई भने- ओलीसँग सहमतिको अन्तिम प्रयास जारी छ « Khabarhub

प्रचण्डले आफूनिकटका स्थायी कमिटी सदस्यलाई भने- ओलीसँग सहमतिको अन्तिम प्रयास जारी छ


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद किनारा लगाउन नेताहरु अझै दौडधुपमा छन् ।

विवाद समाधान गर्नकै लागि पटक पटक स्थायी कमिटी बैठक स्थगित भएको छ भने सचिवालयमा पनि नेताहरुले छलफल गरेका छन् । योसँगै गुटगत रुपमा पनि नेताहरु छलफलमा जुटेका छन् । आज पनि अध्यक्ष प्रचण्ड निवास खुमलटारमा प्रचण्ड पक्षधर स्थायी कमिटीका नेताहरुको लामै बैठक चल्यो ।

बैठकमा नेताहरुले जसरी पनि पार्टीलाई फुटबाट जोगाउन अध्यक्ष प्रचण्डलाई दबाव दिएका छन् ।

अध्‍यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग भएका कुराकानी नेताहरुसँग सेयर गरेका छन् ।

आफू निकटका प्राय: सबै स्थायी कमिटी सदस्यलाई बोलाएर प्रचण्डले अन्तिम समझदारी प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँगै गर्नु पर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए । उनले ओलीसँग सहमति भने भइनसकेको जानकारी गराएको पनि ती नेताले बताए ।

प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने, ‘सहमति ठ्याक्कै बनिसकेको छैन। समझदारी केपी ओलीसँगै गर्नुपर्छ। की पार्टी फुट्नु पर्‍यो होइन भने त्यही गर्नपर्छ । समझदारी-असमझदारी, झगडा जे गरे पनि आखिर त्यही हो। अरूसँग कुरा मिलाएर त हुदैन।’

बैठकमा सहभागी नेताहरुले पनि जसरी भएपनि विवाद हल गरी पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न सुझाव दिएको उनले सुनाए ।

महाधिवेशनबारे प्रधानमन्त्रीसँग छलफल भएको भए पनि सहमति भने भइनसकेको प्रचण्डले स्थायी समिति सदस्यलाई जानकारी गराएका थिए।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  २ : १३ बजे

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर