चीनमा खुल्न थाले ६ महिनादेखि बन्द भएका सिनेमा घर | Khabarhub Khabarhub

चीनमा खुल्न थाले ६ महिनादेखि बन्द भएका सिनेमा घर


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनमा कोरोना भाइरसको संक्रमण न्यून गर्न भन्दै बन्द गरिएका सिनेमा घरहरु खोल्न थालिएका छन् ।

चिनियाँ प्रशासनले सोमवारदेखि कम जोखिम भएका स्थानहरुमा सिनेमा घर खोल्न सकिने बताएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार चीनका धेरैजसो स्थानलाई कम जोखिम भएको क्षेत्रका रुपमा छुट्याइएको छ । अब प्रतीक्षामा रहेका सिनेमा पनि प्रदर्शनमा आउने जनाइएको छ ।

चीनका सिनेमा घर बन्द हुँदा हलिउड सिनेमाको समेत प्रदर्शन मिति पछाडि सारिएको थियो । चीनमा लकडाउनले गर्दा ६ महिनादेखि सिनेमा हल पूर्ण रुपमा बन्द गरिएका थिए ।

सिनेमा घर खुले पनि हलमा जम्मा ३० प्रतिशत दर्शक राख्न पाउने, टिकट अनलाइनमार्फत किन्नुपर्ने शर्त राखिएको छ । यस्तै दर्शकलाई पनि अनिवार्य रुपमा मास्कको प्रयोग गर्न भनिएको छ ।

त्यसैगरी सिनेमा घरमा खानेकुरा बेच्न नपाइने र १ मिटरको दूरी कायम गर्नुपर्ने नियम राखिएको छ ।

चीन विश्वकै दोस्रो ठूलो सिनेमा बजार हो । सन् २०१९ मा चीनको सिनेमा बजारमा नौ अर्बभन्दा बढी कारोबार भएको थियो । यो वर्ष भने कोरोना भाइरसका कारण सिनेमा क्षेत्रलाई अर्बौं रुपैयाँ घाटा भएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  २ : ४१ बजे

गोरखा–गोरखापुर ‘खिचडी यात्रा’ सुरु

गोरखा– गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरदेखि भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा

१९४ वटा कम्पनीको मूल्यसहित घट्यो नेप्से 

काठमाडौं– आइतबार शेयर बजारमा पहिरो गएको छ । आज नेपाल स्टक

पत्रकार महासंघको निष्कर्ष : धरानका मेयरले सामजिक दूरी र द्वन्द्व बढाए

काठमाडौं- नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईका कारण

म्याग्दीका आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता

म्याग्दी– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका विकास

सिँचाइका इञ्जिनियरसँग सवा १६ करोड सम्पत्ति, स्रोत नखुल्दा भ्रष्टाचार मुद्दा

काठमाडौं – एउटा सरकारी कर्मचारीले जागिर अवधिभर कति कमाउला ?