७२ वर्षे क्यान्सर पीडितले जिते कोरोना « Khabarhub

७२ वर्षे क्यान्सर पीडितले जिते कोरोना


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा- ओखलढुङ्गामा ७२ वर्षीय क्यान्सर पीडित ज्येष्ठ नागरिक कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन ।

लिखु गाउँपालिकाको सिंहदेवीका क्यान्सर पीडित पुरुषलाई क्यान्सरको समस्या जटिल बनेपछि अस्पतालबाट घर फर्काएपछि गरिएको परीक्षणमा कोरोना सङ्क्रमण देखिएको थियो ।

घरैमा चिकित्सकको निगरानीमा राखिएका उनमा सोमबार कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।

त्यस्तै काठमाडौं, बाग्लुङ तथा साउदी अरबबाट ओखलढुङ्गा फर्किएका चार जना पनि कोरोनामुक्त भएसँगै ओखलढुङ्गा जिल्ला नै कोरोनामुक्त भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लालाई कोरोनामुक्त बनाउने अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा दुई सय २६ जनाको पीसीआर रिर्पोट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ३ : ३४ बजे

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल