जब अक्षय कुमारले म्यासेज गरेर विद्या बालनलाई भने – आइ लभ यु ! « Khabarhub

जब अक्षय कुमारले म्यासेज गरेर विद्या बालनलाई भने – आइ लभ यु !


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ रिलिजको क्रममा छ । फ्यान उनको फिल्मको प्रतीक्षामा छन् ।

पछिल्लो समय अक्षय कुमार ‘हाउसफूल ४’ मा देखिएका थिए । यो कमेडी फिल्मले बक्स अफिसमा राम्रो कमाइ पनि गर्‍यो ।

अक्षय कुमारले फिल्म ‘हे बेबी’ को शूटिङका बेला रितेश देशमुखको मोबाइलबाट विद्या बालनलाई ‘आइ लभ यु’ लेखेर म्यासेज पठाएका थिए । त्यसपछि विद्याले पनि उक्त नम्बरमा मुस्कान इमोजी पठाइन् ।

त्यो म्यासेज जब रितेश र विद्याले देखे, त्यतिबेला सबै अचम्मित र हैरान भए । रितेश पनि आफ्नो मोबाइलबाट म्यासेज गएर विद्याको इमोजी रिप्लाइ देख्दा छक्क परे । एकछिन खास के भएको हो भन्ने कसैले बुझेनन् ।

पछि थाहा भयो कि, विद्याको फोन पनि उनीसँग थिएन । त्यो फोन अक्षय कुमारसँगै थियो । अक्षयले नै विद्याको नम्बरबाट म्यासेज गरेका थिए । यो केवल उनले रमाइलोका लागि गरेका थिए । पछि थाहा भएपछि सबै जना हाँसेको रितेशले बताएका छन् ।

फिल्म ‘हे बेबी’ मा अक्षय कुमार, रितेश देशमुख, फरदिन खान, विद्या बालन लगायत थिए । त्यसैले पनि शूटिङका बेला यी धेरैजसो साथै भइरहन्थे ।

रितेशले अक्षय कुमारसँग जोडिएको यो किस्सा एक अन्तर्वार्ताका क्रममा सुनाएका छन् । उनका अनुसार अक्षय कुमार आफ्नो कामलाई लिएर सेटमा गम्भीर बन्थे । तर, फुर्सद हुनासाथ रमाइलो गरिहाल्थे ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : ११ बजे

सम्झौता कार्यान्वयन नभएसम्म इरानमा अमेरिकी सैन्य शक्ति यथावत् : ट्रम्प

एजेन्सी– अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस