जब अक्षय कुमारले म्यासेज गरेर विद्या बालनलाई भने – आइ लभ यु ! « Khabarhub

जब अक्षय कुमारले म्यासेज गरेर विद्या बालनलाई भने – आइ लभ यु !


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ रिलिजको क्रममा छ । फ्यान उनको फिल्मको प्रतीक्षामा छन् ।

पछिल्लो समय अक्षय कुमार ‘हाउसफूल ४’ मा देखिएका थिए । यो कमेडी फिल्मले बक्स अफिसमा राम्रो कमाइ पनि गर्‍यो ।

अक्षय कुमारले फिल्म ‘हे बेबी’ को शूटिङका बेला रितेश देशमुखको मोबाइलबाट विद्या बालनलाई ‘आइ लभ यु’ लेखेर म्यासेज पठाएका थिए । त्यसपछि विद्याले पनि उक्त नम्बरमा मुस्कान इमोजी पठाइन् ।

त्यो म्यासेज जब रितेश र विद्याले देखे, त्यतिबेला सबै अचम्मित र हैरान भए । रितेश पनि आफ्नो मोबाइलबाट म्यासेज गएर विद्याको इमोजी रिप्लाइ देख्दा छक्क परे । एकछिन खास के भएको हो भन्ने कसैले बुझेनन् ।

पछि थाहा भयो कि, विद्याको फोन पनि उनीसँग थिएन । त्यो फोन अक्षय कुमारसँगै थियो । अक्षयले नै विद्याको नम्बरबाट म्यासेज गरेका थिए । यो केवल उनले रमाइलोका लागि गरेका थिए । पछि थाहा भएपछि सबै जना हाँसेको रितेशले बताएका छन् ।

फिल्म ‘हे बेबी’ मा अक्षय कुमार, रितेश देशमुख, फरदिन खान, विद्या बालन लगायत थिए । त्यसैले पनि शूटिङका बेला यी धेरैजसो साथै भइरहन्थे ।

रितेशले अक्षय कुमारसँग जोडिएको यो किस्सा एक अन्तर्वार्ताका क्रममा सुनाएका छन् । उनका अनुसार अक्षय कुमार आफ्नो कामलाई लिएर सेटमा गम्भीर बन्थे । तर, फुर्सद हुनासाथ रमाइलो गरिहाल्थे ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : ११ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक