आज थपिए १८६ कोरोना संक्रमित (जिल्लागत विवरणसहित) | Khabarhub Khabarhub

आज थपिए १८६ कोरोना संक्रमित (जिल्लागत विवरणसहित)


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा सोमबार थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।

४ हजार २ सय १६ जनाको पसीआर परीक्षण गरिएकोमा १८६ जनामा कोरोना पोजेटिभ देखिएको हो । हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका २ जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका एकजना, सुनसरीका ४ जना र इलामका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका एकजना र झापाका २ जना, जगेन्द्र नारायणसिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका एकजना र सप्तरीका ९ जना संक्रमित भएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २ जना, नारायाणी अस्पताल वीरागंज प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ४ जना र बाराका ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, सर्लाहीका २३ जना र सोलुखुम्बुका ४ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एकजना संक्रमित भएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका ८ जना र लमजुङकाएकजना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका २ जना र स्याङ्जाका एकजना संक्रमति भएका छन

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २ जना, रोल्पाका ४ जना, सल्यानका २ जना , रुकुमपूर्वका ७ जना र दाङका ५ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा दाङकाएकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका एकजना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एकजना, सल्यानका एकजना, सुर्खेतका ४ जना, हुम्लाका एकजना र कालिकोटका एकजना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डोटीका ४० जना संक्रमित भएका छन् ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका एकजना संक्रमित भएका छन् ।

२४ घण्टामा थप १७३ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ८६८ पुगेको छ । निको हुनेहरुको यो संख्या ६६.५१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : ४४ बजे

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौं – सङ्घीय प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)

बालविवाहमा महान्यायाधिवक्ताको निर्देशन – ‘बहुमुद्दा नचलाउनू’

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक