नारायणी नदीले खतराको तह छोयो, उच्च सतर्कता अपनाउन आग्रह « Khabarhub

नारायणी नदीले खतराको तह छोयो, उच्च सतर्कता अपनाउन आग्रह


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा नारायणी नदीको जल सतहले सतर्कता बिन्दु पार गरेपछि वरपरका बासिन्दालाई सतर्क रहन आह्वान गरिएको छ ।

नारायणी नदी देवघाट बाढी मापन केन्द्रले अविरल बर्षाका कारण नदीले सतर्कता तह पार जनाएको छ । ७ दशमलव ३ मिटर सतर्कता तह रहेको नारायणी नदीमा अहिले जलस्तर बढेर ८ दशमलब ४ मिटर पुगेको मापन केन्द्रले जनाएको छ ।

जलसतह ८ मिटर पुगेपछि खतराको तह मानिन्छ । स्थानीय प्रशासनले पानीको सतह अझै बढ्न सक्ने भन्दै चितवन र नवलपरासीको नारायणी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

बाढीबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण र उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : ५३ बजे

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको