बाढीले मोवाखोला पुल भत्कायो, पृथ्वी राजमार्ग अवरुद्ध « Khabarhub

बाढीले मोवाखोला पुल भत्कायो, पृथ्वी राजमार्ग अवरुद्ध


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अविरल वर्षाका कारण धादिङमा गएको पहिरो र बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङका झण्डै डेढ दर्जन ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

यस्तै बाढीका कारण धादिङ चितवन सीमानामा रहेको मोवाखोला पुल भत्किएको छ । धादिङको बोनिघाट रोराङ गाउँपालिका-१० र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने पुल भत्किँदा समस्या भएको छ ।

खोलाले सडक बगाएपछि राजमार्ग पूर्ण रुपमा ठप्प छ । मौवा खोलाले सडक कटान गरेपछि पुलसमेत जोखिममा छ ।

बाह्र मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर शिव खनालले जानकारी दिए । उनले जति सक्दो छिटो सडक मर्मत गरी यातायात सञ्चालनको प्रयास गरिने बताए ।

जोगिमारा प्रहरी कार्यालयका हवल्दार उपेन्द्र श्रेष्ठले दिउँसो पुल भासिएर मानिससमेत हिँड्न नसक्ने भएको बताए । उनले वैकल्पिक उपाय नखोजेसम्म तत्काल सडक सञ्चालनको सम्भावना नरहेको समेत बताए ।

इलाका प्रहरी कार्यालय गजुरीले नजिकैको ठाडो खोलाले टिपर समेत बगाएको जनाएको छ ।

दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको बैरेनी, चालिसे, छहरे लगायतका क्षेत्रमा राजमार्ग भन्दा माथिबाट लेदो माटो आएर पहिरो खसेको छ ।

यता बेनीघाट रोराङ गाउँपालिका १० मा पहिरो खस्दा तीन सवारी साधन पुरिएका छन् भने एक जना बेपत्ता भएका छन् । गजुरी गाउँपालिकाको मलेखु बजार नजिक पहिरोले २ वटा घरमा क्षति पुर्‍याउँदा १ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ठाउँठाउँमा सडक माथिबाट खसेको लेदो माटोसहितको पहिरो हटाउने प्रयास भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ५ : २९ बजे

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा