नेपालका ७ जिल्ला कोरोनामुक्त, ३ जिल्लामा ५०० बढी संक्रमित « Khabarhub

नेपालका ७ जिल्ला कोरोनामुक्त, ३ जिल्लामा ५०० बढी संक्रमित


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारसम्म नेपालका सात जिल्ला कोरोना संक्रमण मुक्त भएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, धनकुटा, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त भएका हुन् । यहाँ भएका सबै संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

आइतबारसम्म ८ जिल्ला संक्रमणमुक्त रहेको भएपनि पछिल्लो २४ घण्टामा हुम्लामा एक जनामा कोरोना संक्रमित पुष्टि भएको छ । मन्त्रालयका अनुसार सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा हुम्लाका एकजनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार यी सात जिल्लामा एक पटक सङ्क्रमित भेटिए पनि अहिले सबै जना निको भएर घर फर्किएका छन् । यस्तै रौतहट, कैलाली र बाजुरामा पाँच सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् ।

सोमबार नेपालमा १८६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । मन्त्रालयकाअनुसार नेपालमा अब सङ्क्रमितको सङ्ख्या १७ हजार आठ सय ४४ पुगेको छ ।

सोमबार कोरोनामुक्त भएर १७३ जना घर फर्किएका छन् । याेसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या ११ हजार आठ सय ६८ पुगेकाे छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ५ : ५९ बजे

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र