कंगनाले आलियालाई भनिन् – अवार्ड लिँदा लाज लागेन ? « Khabarhub

कंगनाले आलियालाई भनिन् – अवार्ड लिँदा लाज लागेन ?


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि अभिनेत्री कंगना रनावतले बलिउडमा नेपोटिज्म भएको आरोप लगाइन् । उनको यो भनाइसँगै नेपोटिज्ममाथि बहस भइरहेको छ ।

कंगनाले बलिउड माफिया भन्दै कैयन् सेलिब्रेटीको विरुद्धमा बोलेकी छिन् । उनले केही चल्तीका कलाकारका कारण सुशान्तले आत्महत्या गरेको बताएकी छिन् ।

हालै उनले एक अन्तर्वार्ताका क्रममा बलिउडमा ठूला हस्तीले बाहिरी कलाकारलाई मतलब नगर्नेबारे बताएकी थिइन् ।

‘उन (सुशान्त सिंह राजपूत)लाई यो देखेर डर लागेको थियो होला कि, आइफा अवार्ड, लण्डनमा कसरी अपमान गरेका थिए, जबकि बलिउडमा नेपोटिज्म रकेट अब दर्शकसम्म आइपुगेको छ, र पनि यसलाई कसैले रोकेका छैनन्, उनीहरुले अवार्ड समारोहमा एकअर्काको काँध थमथमाउनका लागि कति ठूलो घोटाला गर्छन् ।’

कंगनाले विना कुनै आधारमा अवार्डमा हुने नामांकन र चयनको अनुचित व्यवहारबारे पनि बोलेकी छिन् ।

‘बरु दीपिका (पादुकोण) ले अवार्ड पाउने भावना राख्दिनन्, उनले ह्याप्पी न्यू इयरका लागि अवार्ड पाउँदा क्वीनको प्रदर्शन राम्रो थियो भनेर स्वीकारेकी थिइन्,’ कंगना भन्छिन् ।

तर‌, आलिया (भट्ट)ले भने अवार्ड लिन लाज नमानेको कंगनाले बताएकी छिन् । उनले भनिन्, ‘आलियाले गली ब्यायमा १० मिनेटको भूमिका निभाएर मुख्य भूमिकाको अवार्ड स्वीकार गर्दा कुनै लाज लाज लागेन ।’

सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडका हस्तीहरूलाई दर्शकले गाली गरिररहेका छन् । सुशान्तका फ्यानले करण जोहर, आलिया भट्ट, सलमान खान, सोनाक्षी सिन्हा लगायत सेलिब्रेटीलाई दोषी देखाउँदै गाली गरिरहेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ६ : १२ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक