बागमतीको बाढीले सुकुम्बासी बस्ती डुबानमा (फोटोफिचर)  « Khabarhub

बागमतीको बाढीले सुकुम्बासी बस्ती डुबानमा (फोटोफिचर) 


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागमती नदीमा आएको बाढीका कारण काठमाडौंको त्रिपुरेश्वर आसपासको क्षेत्र डुबानमा परेको छ ।

बागमतीमा आएको बाढीले थापाथली, टेकु र त्रिपुरेश्वर आसपासका सुकुम्बासी बस्ती डुबानमा परेका हुन्। सो क्षेत्रमा बाढी पसेर घर तथा टहरा जलमग्न भएको प्रहरीले जनाएको छ ।

बाढीबाट हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै उद्धारका लागि नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।

लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलामा ठूलो बाढी आएको छ। बागमती, विष्णुमति, मनोहरा, टुकुचा, धोबीखोला लगायतमा पानीको सतह निकै माथि पुगेको छ ।

बाढीका कारण काठमाडौंका अन्य स्थानमा पनि घरभित्र पानी पसेको छ । आज बिहान मात्रै गोकर्णमा बाढीले एउटा मोटरसाइकल बगाएको थियो ।

 

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ७ : ३७ बजे

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको