खासाको ‘केरुङ च्छो’ ताल भरियो, भोटेकोशीमा बाढीको खतरा « Khabarhub

खासाको ‘केरुङ च्छो’ ताल भरियो, भोटेकोशीमा बाढीको खतरा

नदी किनाराका बासिन्दालाई सचेत रहन अनुरोध


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातारको बर्षाका कारण भोटेकोशी नदीमा बाढीको खतरा रहेको भन्दै नदी किनाराका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासनले अनुरोध गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी फुट्न सक्ने खतरा बढेको भन्दै प्रशासनले भोटेकोशीमा बाढीको जोखिम बढेको जनाएको हो ।

ठूलो पानी परिरहेकाले पोखरी फुट्न सक्ने जानकारी चिनियाँ अधिकारीले दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

उक्त जानरी प्राप्त भएसँगै जिल्ला विपद व्यवस्थापन समितिले नदी किनाराका बासिन्दालाई सचेतना अपनाउन अनुरोध गरेका छ ।

पोखरी फुटेमा भोटेकोशीमा ठूलो बाढी आएर भोटेकोशी गाउँपालिका, बाह्रबीसे नगरपालिकासहित नदी तटीय क्षेत्रमा ठूलो क्षति हुन सक्ने खतरा बढेको प्रमुख जिल्ला अधिकारी ढकालले जनाए ।

प्रशासनले जारी गरेको सूचना

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : ०१ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा