पानीको सतह बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिए « Khabarhub

पानीको सतह बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिए


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्।

नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजको सबै ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिहंले बताए ।

नदीमा पानी वहावले खतराको सूचक पार गरेपछि सबै ढोका खोलिएको सिहंले बताए ।

नदीको वहाव ३ लाख क्यूसेक नाघेपछि खतरा मानिन्छ। सोमबार साँझसम्म गण्डकमा २ लाख ७० हजार क्यूसेक पानी रहेको सम्पर्क अधिकारी सिंहले बताए।

निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्यूसेक भए पनि अहिले यसले ४ देखि ५ लाख क्यूसेक मात्र वहन गर्न सक्ने जनाइएको छ ।

यसैबीच नदीमा पानीको सतह बढेपछि स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।

सो क्षेत्रहरूमा विपद् आइलागेमा तत्काल उद्धारमा खटाउनका लागि सुरक्षाकर्मीलाई आइ अलर्टमा राखिएको प्रजिअ पाठकले बताए।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १० : २५ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको