यसकारण चिनियाँ राष्ट्रपतिको कल्पनालाई वास्तविकताले कुल्चिनेछ ! | Khabarhub Khabarhub

यसकारण चिनियाँ राष्ट्रपतिको कल्पनालाई वास्तविकताले कुल्चिनेछ !


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चिनियाँ राष्ट्रपति सी जिनपिङ चीनको आजीवन नेतृत्वमा रहने शक्ति आर्जन गरेका छन् । उनले चीनको आजीवन नेतृत्वसँगै विश्वमा शासन गर्ने कल्पना पनि गरेका छन् ।

त्यसका विभिन्‍न बाछिटाहरु कोरोना महामारीका कारण भारत, भुटान, जापानलगायत छिमेकीमाथि उसले देखाएको व्यवहारले प्रष्ट पारेको छ ।

चीनले भारतीय भूमिमा आँखा गाडेको नौलो नभए पनि पछिल्लो समय विश्व महामारीको सामना गरिरहेका बेला देखाएको आक्रामक व्यवहार राष्ट्रपति सीको विश्व शक्तिमान बन्‍ने हतारोलाई झल्काउँछ । जसको परिणामस्वरुप चीनले जुन १५ मा भारतको पूर्वी लद्दाखको गलवान भ्यालीमा भारतीय सेनामाथि आक्रमण गर्‍यो ।

भारतसँगको वार्ताका क्रममा सीमा समस्या वार्तामार्फत समाधान गर्ने सहमति गरेको ९ दिनपछि गलवानमा भारतीय भूमिमा पसेर भारतीय सेनामाथि आक्रमण गरेको हो । बोली व्यवहारमा फरकपन देखाउने चीनको विश्वसनीयतामाथि प्रश्‍न उठेको अवस्था छ । उक्त आक्रमणमा भारततर्फका २० जना सैनिक मारिएका थिए भने चीनले आफ्नोतर्फ मारिएका सेनाको विवरण भने सार्वजनिक गरेन ।

उक्त हिंसात्मक आक्रमणपछि दुबै मुलुकका विदेश मन्त्री, उच्च सुरक्षा अधिकारी र सैन्य अधिकारीबीच वार्ताहरु भएका छन् । वार्ताका क्रममा दुबै मुलुकले संवादमार्फत नै समस्या समाधान गर्ने सहमति गरेका छन् ।

यहीबीचमा गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाखको लेह पुगे र सेनाको हौसला बढाउनुका साथै सेनालाई सम्बोधन गरे । उनले चलाखीपूर्वक चीनको नाम नलिएर चीनलाई गतिलो झापड दिएका छन् ।

उनले भने, “अब विस्तारवादको युग समाप्त भइसकेको छ । यो समय भनेको विकासको समय हो ।” भारतीय प्रधानमन्त्री मोदीको उक्त अभिव्यक्ति चीनको टाउको दुखाइ विषय बनेको छ । अहिले चीनले भारतीय सीमा क्षेत्रमा बढाएको सैन्य उपस्थितिलाई ब्याक गरेको छ ।

भारतीय एक लेखकले भनेका छन्, “हामी दार्शनिक, वैचारिक र संवैधानिकरुपमा आफ्नो देखिएको सीमाको रक्षाका लागि कटिबद्धमात्र छैनौं, भारतको नक्सामा भएको भूमि भारतलाई फिर्ला ल्याउनसमेत तत्पर छौं । स्वतन्त्रताका ७० वर्षमा हामीले भारतबाहेकको कसैको भूमि एक इन्‍च पनि लिएका छैनौं ।”

प्रधानमन्त्री मोदीको स्ट्याण्ड र विश्वव्यापी आलोचनाका कारण चीनको कल्पनाको संसारलाई वास्तविकताले कुल्चिदिएको छ र आगामी दिनमा चीन थप दबाबमा पर्ने देखिन्छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : ३४ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्