लिदी पहिरो :  थप ३ शव फेला « Khabarhub

लिदी पहिरो :  थप ३ शव फेला


४ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीनको  शव भेटिएको छ ।

योसँगै मृत्यु हुनेको संख्या २८ पुगेको छ । बेपत्ता ११ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

पाँच वर्षीय  सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र  १८ वर्षीया ललिता दोङको शव  फेला परेको हो ।

गत शुक्रबार बिहान गएको पहिरोमा ३९ जना बेपत्ता भएका थिए । हालसम्म शव फेला परेकामध्ये १५  पुरूष र १३  महिला  छन् ।  तीमध्ये १४ बालबालिका छन् ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ८ : ३६ बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले