चीनको सच्वान प्रान्तमा भिषण बाढी, एक लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो « Khabarhub

चीनको सच्वान प्रान्तमा भिषण बाढी, एक लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चीनको सच्वान प्रान्तमा ठूलो बाढी आएपछि एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

सन् १९४० को दशकपछिकै सबैभन्दा ठूलो ठानिएको बाढीले मध्यदक्षिण चीनस्थित बुद्धको एउटा ठूलो मूर्तिको पैतलासम्म पुगेको छ।

याङ्त्सी नदीको बहाब ७१ मिटर अग्लो उक्त मूर्तिको आसपास पुगे तल्लो तटीय क्षेत्र डुबानमा पर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

तस्वीर : रोयटर्स

सच्वान प्रान्तको चङ्दुनजिकै एउटा पहरामा आठौँ शताब्दीमा बनाइएको उक्त मूर्तिमा साधारण अवस्थामा नदीको वहाव निकै तल हुने गरेको बताइन्छ । तर, अहिले उक्त क्षेत्रमा ७० वर्ष यताकै सबैभन्दा नराम्रो बाढी आएपछि त्यस क्षेत्रबाट एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

तस्वीर : गेट्टी इमेज

नदीमा पानीको सतह बढेपछि दर्जनौँ पर्यटकहरूलाई समेत उद्धार गरिएको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएका छन्।

तत्काल वर्षा रोकिने सम्भावना नभएपछि त्यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  १० : १२ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका