चीनको सच्वान प्रान्तमा भिषण बाढी, एक लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो | Khabarhub Khabarhub

चीनको सच्वान प्रान्तमा भिषण बाढी, एक लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चीनको सच्वान प्रान्तमा ठूलो बाढी आएपछि एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

सन् १९४० को दशकपछिकै सबैभन्दा ठूलो ठानिएको बाढीले मध्यदक्षिण चीनस्थित बुद्धको एउटा ठूलो मूर्तिको पैतलासम्म पुगेको छ।

याङ्त्सी नदीको बहाब ७१ मिटर अग्लो उक्त मूर्तिको आसपास पुगे तल्लो तटीय क्षेत्र डुबानमा पर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

तस्वीर : रोयटर्स

सच्वान प्रान्तको चङ्दुनजिकै एउटा पहरामा आठौँ शताब्दीमा बनाइएको उक्त मूर्तिमा साधारण अवस्थामा नदीको वहाव निकै तल हुने गरेको बताइन्छ । तर, अहिले उक्त क्षेत्रमा ७० वर्ष यताकै सबैभन्दा नराम्रो बाढी आएपछि त्यस क्षेत्रबाट एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

तस्वीर : गेट्टी इमेज

नदीमा पानीको सतह बढेपछि दर्जनौँ पर्यटकहरूलाई समेत उद्धार गरिएको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएका छन्।

तत्काल वर्षा रोकिने सम्भावना नभएपछि त्यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  १० : १२ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको