बलिउड स्टार कसले कति पढेका छन् ? « Khabarhub

बलिउड स्टार कसले कति पढेका छन् ?


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्यानहरु माझ उनका मनपर्ने कलाकार आइडल रहने गरेका छन् । आफुलाई मनपर्ने कलाकारको बारेमा जान्ने उत्सुकता सबैमा हुने गर्दछ ।

उनीहरुको रहनसहन, अध्ययन तथा निजि जीन्दगीको बारेमा फ्यानहरु जान्न चाहान्छन् । बलिउडकमा केहि यस्ता कलकार छन् जसले अभिनय करीयरका लागी अध्ययनलाई त्यागेका थिए । आज हामी फिल्मी करीयरका लागी पढाई छाड्न बलिउडकर्मीको चर्चा गर्नेछौ :

priyanka chopra

१. प्रियंका चोपडा

बलिउडदेखि हलिउडसम्म नाम कमाउन सफल अभिनेत्री प्रियंका चोपडाले केवल प्लस टु सम्मको अध्ययन सकाएकी छन् । मिस वल्र्डको ताज पहिरिएपछि उनले पढाई छाडेर लगातार मोडलिङ र फिल्मी क्षेत्रलाई नै प्राथमिकतामा राखिन ।

करिश्मा कपूर

२. करिष्मा कपूर
चर्चित बलिउड अभिनेत्री करिष्मा कपूरले केवल कक्षा ६ सम्मको मात्र अध्ययन गरेकि छन् । कक्षा ६ पछि उनी स्कुल गइनन् । सानै उमेरबाट अभिनयमा रुचि राखेकी करिष्माले फिल्मी करियर मात्र ध्यान दिइन् ।

आमिर खान

३. आमिर खान
आमिर खानलाई बलिउडको मिस्टर परफेक्शनिस्ट मानिन्छ । तर उनी अध्ययनमा अब्बल रहेपनि पढाईका मामलामा भने निकै पछि छन् । आमिर खानले प्लस टुसम्मको अध्ययन गरेका छन् । उनले धेरै अन्तर्वार्तामा आफुले यसको पछुतो रहेको बताएका छन् ।

कटरीना कैफ

४. कटरिना कैफ
अभिनेत्री कटरिना कैफले केवल कक्षा १० सम्मको मात्र अध्ययन गरेकी छन् । कटरिनाले सानै उमेरमा मोडलिङ गरेका कारण उनले अध्ययनलाई बीचमै छाडेकी थिइन् ।

bipasha basu

५. बिपासा बसु
अभिनेत्री बिपासा बसु सीए बन्न चाहान्थिइन् । तर अध्ययनका बीचमै उनले सुपर मोडल कन्टेस्टमा भाग लिइन् र जितिन् । तसर्थ उनको अध्ययन प्लस टुसम्ममा सीमित भयो ।

दीपिका पादुकोण

६. दीपिका पादुकोण
दीपिका पादुकोणले करियरको शुरुवात मोडलिङबाट गरेकी थिइन् । उनले मोडलिङमा जान ग्रेजुएसनमा लिएको एडमिसन समेत छाडेकी थिइन् । तसर्थ उनको अध्ययन पनि केवल प्लस टु सम्म सीमित भयो ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  १० : २९ बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान