हतियारसहित काठमाडौंमा तीन जना पक्राउ « Khabarhub

हतियारसहित काठमाडौंमा तीन जना पक्राउ


४ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले हतियारसहित तीन जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।

प्रहरी अपराध महाशाखाको विशेष टोलीले माछापोखरीबाट नुवाकोटको शिखरबेसी ६ का विकेश पण्डितलाई २ थान अमेरिकन पेस्तोल, २ वटा म्यागजिन र १० राउण्ड गोलीसहित पक्राउ गरेको हो।

नुवाकोटको लिपु गाउँपालिका १ का २८ वर्षीय अम्मर तामाङले ती हतियार उनीहरुलाई दिएको पाइएपछि प्रहरीले नुवाकोटबाट अम्मरलाई पनि पक्राउ गरेको छ।

तर अम्मरले पनि ती हतियार आफ्नो नभएको बताएका छन्। उनले डाँका मुद्दामा सँगै जेल परेका धनुषाको धारापानीका शम्भु कार्कीको भएको बताए पनि शम्भुले समेत ती हतियार अर्कै व्यक्तिको भएको बताएका छन्।

उनले धादिङको खाल्टे घर भएका राजकुमार गुरुङलाई ती हतियार राख्न दिएको बताएका छन्।

राजकुमार बालाजुको एक होटलको साहुलाई राख्न दिएको र साहुले बिकेश पण्डितलाई दिएको बताएका छन्।

अम्मर तामाङ डाका मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरी २०७६ फागुन २२ गते थुना मुक्त भएका थिए।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  १२ : ३४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको