मूल्य घटेपछि कुखुरा पाल्ने युवाको चिन्ता : अब व्यवसाय विस्तार गर्ने कि बन्द ! « Khabarhub

मूल्य घटेपछि कुखुरा पाल्ने युवाको चिन्ता : अब व्यवसाय विस्तार गर्ने कि बन्द !

लकडाउनमा नयाँ व्यवसाय थालेका युवा समस्यामा



काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउन भएसँगै सबै क्षेत्रहरु ठप्प भए । कार्यरत मजदुरहरु बेरोजगार बनेँ ।

शहरमा रोजगारी गरिरहेका धेरै मानिस गाउँ फर्किए । लकडाउन लम्बिदैँ गयो । यसको राम्रो पक्ष बाझो जमीन जोतियो, अधिकांश बाँझो जमीन यतिबेला हरियाली छन् ।

सँगै कतिपय युवाहरुले गाउँमै विभिन्न व्यवसायको सुरुवात गरे । लकडाउनले उनीहरुलाई गाउँघरको माटोमा रमाउन सिकायो । परिश्रम गरे स्वदेशमै पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण गाउँमै व्यवसाय गर्ने युवाहरु बन्न थालेका छन् ।

यही युवाको सूचीमा पर्ने समूह हो, दोलखाको शैलुङ गाउँपालिकाका युवा । उनीहरुले २/४ जनाको समूह बनाएर कुखुरापालन व्यवसाय गरिरहेका छन् ।

गाउँपालिकाको वडा नम्बर ४ मा एकै परिवारका ४ दाजुभाइले कुखुरा पालन व्यवसाय सुरु गरेको झण्डै डेढ महिना हुन लागेको छ ।

सदरमुकाम चरिकोटमा इलेक्ट्रोनिक तालिम लिइरहेका ३० वर्षीय पर्वत लामा लकडाउन भएसगै घर फर्किए । घर फर्किएसँगै उनको दैनिकी बस्ने र घरायसी काममा भिज्ने मात्र बन्यो ।

‘लकडाउन भएको डेढ महिना बितिसकेको थियो तर के गर्ने कसरी समयको सदुपयोग गर्ने र आम्दानी पनि गर्ने भन्नेबारे अन्योलमा परेँ’ लामाले खबरहबसँग भने,‘लकडाउनको अन्त्य छिट्टै होला जस्तो लागेन त्यसैले कुखुरापालन व्यवसाय गर्ने सोच बनाएँ ।’

गाउँमा कुखुरा पाल्ने सोच त बनाए तर खल्तीमा आवश्यक रकम भने थिएन । छरछिमेकसँग सरसापट मागे र करिब ३ लाख रुपैयाँ जुटाएँ ।

यससँगै उनले राजधानी काठमाडौंमा रहेका दाजु र भाइलाई पनि घर फर्किन अनुरोध गरे ।

‘लकडाउनको अवस्थामा काठमाडौं बस्नुभन्दा घरमा केही व्यवसाय गरौं नत्र खेतवारीमा बाझो छ । त्यसमा केही उब्जाउला भनेर दुई दाइ र एक भाइलाई गाउँ बोलाए उहाँहरु आउनुभयो’ उनले भने ।

असारको मध्यतिर उनीहरुले करिब ६ सय वटा कुखुरा ल्याई त्यसको हेरचाहमा खटे । आफ्नै जन्मभूमीमा चार दाजुभाइ रमाएर काम गर्न थाले । मेहनतको फल मिठो हुन्छ भनेझैं उनीहरुको अपेक्षा पनि थियो कुखुराबाट राम्रो आम्दानी गर्न सकिएला र व्यवसाय विस्तार गर्न सकिएला ।

‘कुखरा ३५ दिनमा ३ देखि ४ किलोसम्म पुग्ने रहेछ त्यो भनेको बजारमा लैजाने समय पनि हो’ उनले भने, ‘अहिले हामीले व्यवसाय सुरु गरेको ४५ दिन पुग्नै लागेको छ अहिले सबै कुखुरा बेच्ने समय भइसक्यो ।’

पालेका कुखुरा बेच्ने बेला भइसक्यो भने बजारमा कुखुराको भाउ न्युन रहेकाले पहिलो पटक व्यवसाय सुरु गर्दा पनि उनीहरुको मुहार हसिँलो बन्न सकेको छैन ।

‘सबैतिर बुझिसकेँ बजार सुनसान छ अहिले जिउँदो कुखुरा १ सय ८० रुपैयाँ प्रतिकेजीमा मात्र रहेको पाएँ’ उनले निराश हुँदै भने, ‘यसरी त आधा लगानी पनि उठ्ने भएन ।’

कुखुरा बेचेर फाइदा होला भन्दा पनि २ महिनामा र्फिता गर्छु भनेर सापटी लिएको पैसा समेत जुटाउन नसक्ने अवस्था देखिएपछि उनीहरु चिन्तित बनेका छन् ।

कुखुरा पालन व्यवसायमा पहिलो पटक लागेका उनी मात्र होइनन् गाउँका अन्य युवाहरुको पीडा पनि उस्तै छ । लकडाउनमा लामो समय घरमै बस्नुपरेपछि गाउँका धेरै युवाहरुले यही व्यवसायमार्फत समयको सदुपयोग गरेका छन् ।

तर बजारमा कुुखुरा पठाउनुपर्ने बेलामा मुल्य न्युन भएपछि ऋण गरेर थालेको व्यवसायले समेत पीडा दिन थालेको उनीहरु बताउँछन् ।

गाउँपालिका वडा—४ का प्रकाश मोक्तान राजधानी काठमाडौंमा नोकरी गर्थे । लकडाउन भएसँगै रोजगारी गुम्यो । त्यसपछि उनी घर फर्किए । एक पछि अर्को दिन कटाउन मुस्किल बन्दै गयो । आखिर काम गरिरहने मान्छे यतिकै बस्न कहाँ सकिन्छ र !

उनले फुर्सदको समय सदुपयोग पनि गर्ने र केही आम्दानी पनि गर्ने सोचले एक्लै करिब १ लाख लगानीमा कुखुरा व्यवसाय सुरु गरे ।

उनले पालेका कुखुरा अहिले ४० दिन पुरा भइसकेका छन् । तर बजारमा कुखुराको मुल्य कम भएको उनले गुनासो पोखे ।

‘बजारमा जिउँदो कुखुरा १ सय ८० देखि २ सय रुपैयाँ प्रतिकिलो भनिएको छ’ उनले खबरहबसँगको कुराकानीमा भने, ‘यही मुल्यमा बेच्दा हाम्रो आधा लगानी पनि उठ्दैनन् फेरि व्यवसाय थप्ने कि बन्द गर्ने ?’

एकातिर बजारमा जाने बेलाका कुखुरा घरमै राख्दा दाना बढी खुवाउनुपर्ने भयो भने अर्कातिर भदौं ६ गतेसम्म दोलखामा लकडाउन गरिएको छ ।

बजार सुनसान छ यो अवस्थामा कुखुराले मुल्य र बजार दुवै पाउने सम्भावना देखिँदैन । जसको फलस्वरुप गाउँमा फर्केर व्यवसायिक रुपमा कुखुरापालनमा रमाउन चाहने युवाहरु चिन्तित बनेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  १२ : ५२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह