प्रयोग भएको मास्क जथाभावी विसर्जनले सङ्क्रमणको जोखिम बढ्यो « Khabarhub

प्रयोग भएको मास्क जथाभावी विसर्जनले सङ्क्रमणको जोखिम बढ्यो


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ ।

यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी फालिएको देखिन्छ । यसरी मास्कको उचित प्रयोग र बिसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन् ।

मास्कको भित्रि भागमा थुक, र्‍याल, सिगान र वाहिरी भागमा अरुको थुकको छिटा परेको हुन सक्छ । कोरोना सङ्क्रमणसंगै अनिवार्य मास्क लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । आफू र अरुलाई रोग सर्न र लाग्न रोक्नका लागि मास्क अनिवार्य गरिएको हो । आम नागरिकले मास्कको उचित प्रयोग र बिसर्जन नगर्दा यसको जोखिम बढ्न सक्ने देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले मास्क प्रयोग र बिसर्जन राम्रो नभएको बताए ।

मास्क प्रयोगको बानी परिनसकेकाले नाकदेखि चिउँडोसम्म टपक्क ढाकेर मास्क लगाउनुपर्नेमा त्यस्तो कम देखिने गरेको उनको भनाइ छ । उनले भने, ‘कतिपयले बोल्दा मास्क खोल्ने गर्दछन् । त्यो झन खतरा हो ।’ बोल्दा मुखवाट निस्किएको थुकको छिटा अरुलाई परेमा रोग सर्न सक्छ । अप्ठ्यारो शव्द उच्चारण गर्दा मानिसको मुखबाट थुकको छिटा निस्कन सक्ने प्रमुख तिवारीको भनाइ छ ।

मास्कको डोरी कानमा अड्याएपछि हातले नछुन बिज्ञहरुको सुझाव छ । मास्कको वाहिरी भाग अझ बढि सङ्क्रमित हुन सक्ने विज्ञहरु बताउँछन् । अन्य सङ्क्रमित मानिससंग कुराकानी भएमा ती व्यक्तिको थुक आफ्नो मास्कको वाहिरी भागमा आएर बसेको हुन सक्ने प्रमुख तिवारीले बताए ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीले मास्क जति बढी प्रयोग गर्‍यो, त्यतिनै सङ्क्रमण हुने सम्भावना बढी हुने बताए। यसको उचित व्यवस्थापन हुन नसकेमा सङ्क्रमण फैलन सक्ने उनको भनाइ छ ।

‘मास्क खोल्दा र लगाउनुअघि हात पूर्ण रुपमा सेनिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्दछ’, डा अग्रहरीले भने, ‘मास्क खोल्दा कान पछाडीको डोरी समातेर कानबाट निकालेर वाहिरको भागलाई भित्र पारेर गोलो बनाएर विर्को लगाएको डष्टविनमा हाल्नुपर्दछ ।’ डष्टविन नभएमा प्लाष्टिकमा राम्रो गरी पोको पारेर घरबाट डष्टविन भएको ठाउँमा विसर्जन गर्न उनले सुझाव दिएका छन् । मास्कमा किटाणु ३/४ दिन सम्म रहने उनको भनाइ छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ४ : ०५ बजे

सुदूरपश्चिममा ९३ प्रतिशतभन्दा बढी रोपाइँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा यस वर्षको हालसम्म ९३ दशमलव ४७ प्रतिशत

राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन– स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज

बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह

काठमाडौं– काठमाडौंस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता

विश्वकपको पुरस्कार : विजेतलाई ५ करोड डलर, यसपाली औँठी पनि

काठमाडौं – ४८ देशले १०३ वटा खेल खेलिसकेपछि सोमबार बिहान

हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन

बागमती– हेटौँडाबाट आवागमन हुने सबै राजमार्गमा आज बिहानैदेखि सवारीसाधन सञ्चालन