आज ७०७ संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित) « Khabarhub

आज ७०७ संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुग्यो


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा विहीबार थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।

नयाँ थपिएका संक्रमित मध्ये १९२ जना महिला र ५१५जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

११ हजार ५५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका ४ जना , झापाका एकजना, तेह्रथुमका ९ जना, धनकुटाका एकजना, मोरङका ९ जना र सुनसरीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश नम्बर २ का जिल्लाहरुमा धनुषाका ३१ जना, पर्साका ५५ जना, बाराका ८ जना, महोत्तरीका १५ जना, रौतहटका ६ जना, सप्तरीका १९ जना, सर्लाहीका ९३ जना र सिराहाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार बागमती प्रदेशमा काठमाडौंका १७४ जना, काभ्रेका एकजना, चितवनका एकजना, दोलखाका २ जना, धादिङका २ जना, नुवाकोटका ३ जना, भक्तपुरका ८ जना, मकवानपुरका २५ जना, ललितपुरका १८ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धुलीका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका १९ जना, गोरखाका एकजना, तनहुँका २ जना, नवलपरासी पूर्वका ३ जना, बाग्लुङका ८ जना, स्याङ्जाका एकजना, कपिलवस्तुका ३० जना, गुल्मीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश नम्बर ५ मा दाङका ४ जना, प्युठानका एकजना, बर्दियाका २ जना, बाँकेका १६ जना, रुपन्देहीका १८ जना र रोल्पाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका एकजना, जाजरकोटका एकजना, दैलेखका १९ जना, रुकुम पश्चिमका एकजना, सल्यानका एकजना र सुर्खेतका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा अछामका ३१ जना, कैलालीका एकजना, डडेल्धुराका २ जना, डोटीका १६ जना, दार्चुलाका एकजना, बझाङका एकजना र बैतडीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित

काठमाडौं
मोरङ
पर्सा
रौतहट
महोत्तरी
सर्लाही

पछिल्लो २४ घण्टामा थप २६४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ९६४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७०० थियो ।

हाल कोरोना संक्रमणमुक्त भएका ४ जिल्ला

भोजपुर
मनाङ
मुस्ताङ
हुम्ला

मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२० पुगेको थियो । आज थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ४ : ४३ बजे

बाढी र पहिरोले अरनिको र बिपीसहितका मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर