भक्तपुरमा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ३५ नियन्त्रणमा « Khabarhub

भक्तपुरमा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ३५ नियन्त्रणमा


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- प्रहरीले आज भक्तपुरमा निषेधाज्ञा अवज्ञा गर्ने ५ सय ३५ जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले निषेधाज्ञाको पहिलो दिन भक्तपुरमा विनाकाम सडकमा निस्किने ५ सय ३५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिइन्।

काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौं र ललितपुरमा बुधबार रातीदेखि निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा उल्लंघन गरी विनाकाम सडकमा निस्किएका सर्वसाधारणलाई प्रहरीले सडकमै होल्ड गरेर उभ्याउने गरेको छ ।

त्यसैगरी भक्तपुरमा प्रहरीले १८४ वटा सवारीसाधन नियन्त्रणमा लिइएको जनाएको छ ।  सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर त्यसमा सवार व्यक्तिलाई सडकमै होल्ड गराएको थियो ।

कोरोना भाइरसको जोखिम बढेपछि स्थानीय प्रशासनले गएराति १२ बजेबाट लागू हुने गरी भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ७ : ३२ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक