लिदी पहिरो पीडितका लागि तामाङ समाज कतारद्वारा आर्थिक सहयोग « Khabarhub

लिदी पहिरो पीडितका लागि तामाङ समाज कतारद्वारा आर्थिक सहयोग


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – प्रवासी तामाङ समाज कतारले सिन्धुपाल्चोक लिदीका बाढीपहिरो पीडितका लागि पहिलो चरणमा १ लाख पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

समाजले जिल्लाका जुगल गाउँपालिका-२ लिदीका बाढीपहिरो पीडितका लागि मंगलबार सहयोग गरेको थियो । उक्त सहयोग पीडितसम्म पुर्‍याउन तामाङ समाज नेपालले समन्वय गरेको तामाङ समाज नेपालका अध्यक्ष रोशन दोङले जानकारी दिए ।

रकम हस्तान्तरण कार्यक्रममा सगु प्रोडक्सनका प्रोभाइटर गणेश अधिकारी, अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा तथा अन्तर्राष्ट्रिय तामाङ परिषदका सचिव रोबिन तामाङको उपस्थितिमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाकी उपप्रमुख सृजना तामाङलाई बौद्धस्थित छिमेकी क्याफेमा एक समारोहका बीच रकम हस्तान्तरण गरिएको समाजका अध्यक्ष दोङले बताए ।

कार्यक्रममा सगु प्रोडक्सनले समेत पाँच हजार सहयोग गरेको र जम्मा १ लाख पाँच हजार हस्तान्तरण गरिएको समाजले जनाएको छ । उक्त सहयोग तत्कालको लागि पीडितहरुको अति आवश्यक कामहरुको प्रयोजनका लागि प्रदान गरिएको जनाएको छ ।

राहत संकलन कार्य भैरहेको जनाउँदै समाजले अझै केही दिनको लागि विश्वव्यापी रुपमा निरन्तरता दिइने र उक्त अभियानबाट उठ्ने बाँकी रकमपछि तामाङ समाजकै समन्वयमा एकमुष्ट हस्तान्तरण गर्ने समाजका सह-कोषाध्यक्ष तथा सिन्धुपाल्चोक जुगल लिदी सहयोग संकलनका संयोजक सुवास तामाङले बताए ।

जुगल गाउँपालिका–२ लिदीमा गत साउन ३० गते गएको पहिरोमा पुरिएर ३९ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये ३० जनाको शव भेटिएको छ भने अझै ९ जना बेपत्ता छन् । उनीहरु खोजो जारी राखिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ९ : २१ बजे

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा