नेपालमा बिहीबार साँझ थप पाँच कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

नेपालमा बिहीबार साँझ थप पाँच कोरोना संक्रमितको मृत्यु


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा बिहीबार साँझ थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितनव, पर्सा, बारा, रुपन्देही र सप्तरीका एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यलयहरुले पुष्टि गरेका हुन् ।

भरतपुर अस्पतालले विज्ञप्ति जारी गर्दै एकजना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

चितवनको रत्ननगर नगरपालिका– १३ का ६५ वर्षका एक पुरुषको मृत्यु भएको हो । ती पुरुष ६ दिन अघि कोरोना पुष्टि भइ भरतपुर अस्पतालको आइसीयुमा उचाररत थिए । ती पुरुष दीर्घरोगी थिए । उनको बिहीबार दिउँसो २ बजेर ५७ मिनेटमा मृत्यु भएको अस्पतालले जानकारी दिएको हो ।

यसैगरी पर्साको वीरगंज महानगरपालिका–१५ प्रतिमा चोकका ७४ वर्षका पुरुषको वीरगंज हेल्थ केयरको कोभिड अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका संयोजक डाक्टर दीपक कुसुवाका अनुसार ती पुरुष बुधबार साँझ ६ बजेर १५ मिनेटमा अस्पतालमा भर्ना भएका थिए । ती पुरुषमा स्वास्थ्य समस्या देखिएपछि भदौ २ गते नारायणी अस्पतालमा पुगेका थिए ।

उनको ३ गते नारायणी अस्पतालबाट स्वाब संकलन गरी परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । कोरोना पुष्टि भएपछि उनलाई बुधबार साँझ ६ बजे नारायणी अस्पतालबाट हेल्थ केयरको कोरोना विशेष अस्पतालको आइसीयुमा राखिएको थियो ।

ती पुरुषमा मधुमेह, थाइराइड, उच्च रक्तचाप, टिबी रोग समेत रहेको र कोरोनाको समेत कडा खालको लक्षण देखिएको डा कुसुवाले खबरहबलाई बताए । उनको बिहीबार साँझ ६ बजेर ४५ मिनेटमा मृत्यु भएको डा कुसुवाले बताए ।

‘वीरगंजका ७४ वर्षका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भयो,’ डा कुसुवाले खबरहबसँग भने, ‘ उहाँलाई हिजो ६ बजेर १५ मिनेटमा हाम्रो अस्पतालमा ल्याइएको थियो, आज ६ बजेर ४५ मिनेटमा मृत्यु भयो ।’

डा कुसुवाका अनुसार वीरगंज हेल्थ केयरमा हाल ८८ जना कोरोना संक्रमित उपचारत छन् । ती मध्ये २३ जना आइसीयुमा कृत्रिम अक्सिजनको सहायतामा उचारत छन् । आइसीयुमा रहेकामध्ये ८ जनाको अवस्था चिन्ताजनक रहेको डा कुसुवाले बताए । यस्तै आइसोलेसनमा रहेका बाँकी संक्रमितहरुमा पनि कोरोनाको लक्षण रहेको छ ।

यसैगरी वीरगंजकै नारायणी अस्पतालमा बाराका एकजना कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।

नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहका अनुसार बारा कलैयाका ५९ वर्षका पुरुषको मृत्यु भएको हो । डा सिंहका अनुसार ती पुरुषलाई बुधबार राति ८ बजे अस्पतालमा अन्तिम अवस्थामा ल्याइएको थियो ।

उनको उपचार शुरु नहुँदै मृत्यु भएको र मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा बिहीबार दिउँसो रिपोर्ट पोजेटिभ आएको डा सिंहले खबरहबलाई बताए ।

‘बाराको एकजना पुरुषलाई अन्तिम अवस्थामा राति ८ बजे अस्पतालमा ल्याइएको थियो,’ डा सिंहले भने, ‘उहाँको उपचार शुरु नहुँदै मृत्यु भयो, मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो ।’

त्यसैगरी रुपन्देहीका अर्का एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

रुपन्देहीको देवदह नगरपालिका–३ का ७० वर्षका पुरुषको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य संयोजक काशीनाथ बञ्जाडेले खबरहबलाई बताए ।

उनका अनुसार ती पुरुषलाई १५ दिन अघि नै स्वास्थ्यमा समस्या देखिएपछि युनिभर्सल मेडिकल कलेज भैरहवामा भर्ना गरिएको थियो ।

तर निको नभएपछि ती पुरुषका आफन्तले बिरामी अवस्थामै ती पुरुषलाई साउन २९ गते घर फर्काएका थिए । तर, गाउँमा कोरोना संक्रमण बढिरहेको अवस्थामा बिरामी व्यक्ति उपचार नै नगराइ ल्याइएको भन्दै गाउँलेहरुले बिरोध गरेपछि ती पुरुषलाई साउन ३० गते पुनः देवदह मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

साउन ३० गतेदेखि नै उनको त्यहाँ आइसीयुमा उपचार थालिएको थियो । उनको कोरोना परीक्षण गर्दा बुधबार रिपोर्ट पोजेटिभ आएको हो । ती पुरुषको उपचारकै क्रममा बिहीबार साँझ ६ बजेर ४५ बजे मृत्यु भएको बञ्जाडेले जानकारी दिए ।

‘हाम्रो नगरपालिकाका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भयो, हिजो दिउँसो कोरोना पुष्टि भए थियो भने आज दिउँसो उहाँको मृत्यु भयो,’ बञ्जाडेले खबरहबसँग भने, ‘कोरोनाको कडा खालको लक्षण, निमोनियासहित पक्षघात, उच्च रक्तचाप, मधुमेहको समस्याबाट समेत उहाँ ग्रसित हुनुहुन्थ्यो ।’

बञ्जाडेका अनुसार ती पुरुषका परिवारका अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गर्ने तयारी भएको छ ।

यस्तै सप्तरीका अर्का एक पुरुषको पनि मृत्यु पछि कोरोना पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय सप्तरकिा सूचना अधिकारी नारायण राउतका अनुसार सप्तरीको राजविराज –४ का २८ वर्षका एकजना पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको हो ।

ती पुरुषलाई स्वास्थ्य समस्या देखिएपछि भदौं १ गते गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । श्वासप्रश्वासमा समेत समस्या देखिएपछि सो अस्पतालबाट उनलाई भदौं १ गते नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौं १ गते नै उपचारका क्रममा मृत्यु भयो । मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा रिपोर्ट पाजेटिभ आएको राउतले बताए ।

उनको भदौं ३ गते कोरोनाको रिपोर्ट पोजेटिभ आएको साँझमात्र जानकारी आएको र  भदौं ४ गते ३ बजेतिर स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइएको उनले बताए ।

‘उहाँको भदौं १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । मृत्युपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट ३ गते राति आयो,’ राउतले खबरहबसँग भने, ‘उहाँको सबै विवरण पाएपछि आज (बिहीबार) ३ बजे स्वास्थ्य मन्त्रालयलाई पनि जानकारी गराएका हौं ।’

यी सबै मृतकहरुको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक भने गरिसकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिनको लाइभ अपडेटमा सोही दिनको २ बजेसम्म मन्त्रालयमा उपलब्ध भएका विवरण सार्जनिक गर्ने गरेको छ ।

मन्त्रालयले नियमित लाइभ अपडेटमा आज काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्सामा एक महिला र दुई पुरुष गरी ६ जनाको कोरोनाले मृत्यु भएको जानकारी दिएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ११ : १५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार